भोजपुरको प्रदेश ‘ख’ मा आशकुमारको वजनदार उम्मेद्वारी - Naya Online

भोजपुरको प्रदेश ‘ख’ मा आशकुमारको वजनदार उम्मेद्वारी

चुनाव–२०७९ को लागि विभिन्न प्रतिभाका उम्मेद्वारहरू चुनावी अभियानमा होमिएका छन् । कोही जीवनभर पार्टीलाई योगदान दिएका उम्मेद्वार छन् भने कोही राजनीतिलाई बुझेर त कोही पार्टीको लागि उभिनुपर्ने अवस्था बोकेर उम्मेद्वारी दिएका छन् । त्यस्तै भोजपुर जिल्लाको प्रदेश ‘ख’ बाट युवा नेता आशकुमार राई निर्वाचनमा होमिएका छन् । आशकुमार जनता समाजवादी पार्टी, नेपालका तर्फबाट निर्वाचनमा होमिएका हुन् ।

जमान सिंह राई र राङ्ग्रीसामा राईको कोखबाट हतुवागढी ६ भोजपुरमा जन्मिएका आशकुमारले एमएड र एलएलबी गरेका छन् । उनलाई जिल्लामा शिक्षित तथा जिल्लावस्तुस्थिति बुझेको नेताको रुपमा हेरिने गरिन्छ ।

आशकुमार राईको निर्वाचन क्षेत्रमा आमचोक, हतुवागढी, रामप्रसाद राई गाउँपालिका पर्छन् भने पौवादुङ्माको तीन, चार, पाँच र छ वडाहरु छन् । त्यसैगरी भोजपुर नगरपालिकाका छ, सात, आठ, नौं, एघार र बाह्र वडा र ट्याम्के मैयुङका छ, सात, आठ र नौ वडाहरू पर्छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र ‘ख’मा यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विजेता बनेका थिए । यसपटक आशकुमारले जित्ने दाबी गरेका छन् । उनका मुख्य प्रतिद्धन्द्धी नेपाली काँग्रेसबाट विनोदकुमार वान्तवा र नेकपा एमालेबाट खड्गबहादुर कार्की छन् ।

राजनितिक यात्रा
२०४३ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीतिक यात्रा शुरु गरेका हुन् आशकुमारले । उनले प्रारम्भिक कमिटीमा सदस्यबाट शुरु गरेका हुन् । आन्दोलनताका बनेको वाममोर्चाको २०४६ मा वडाअध्यक्ष बनेका थिए । २०४७ एमाले गाउँ सदस्य, २०५२ मा युवा संघ इलाका अध्यक्ष, २०५४–५६ माले निकट युवा संघको जिल्ला सचिव, २०५६–५८ अध्यक्ष, २०६५–७९ सम्म एमालेको जिल्ला सदस्य रहेका काम गरेका थिए ।

२०६९ सालमा बनेको संघीय समाजवादी पार्टी, नेपाल बनेपछि त्यस पार्टीबाट राजनीति गर्न थालेका उनले २०७२ साल सम्म जिल्ला अध्यक्ष बनेका थिए ।

विभिन्न पार्टीहरुसँग एकता गर्दै बनेको जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष तथा प्रदेश सदस्य छन् । उनले वि.सं. २०७० सालको संविधानसभा सदस्यमा भोजपुरबाट उम्मेद्वार पनि बनेका थिए ।

शिक्षण अनुभव
आशकुमार राईले लामो समय शिक्षण पेशामा आवद्ध भएका थिए । उनले बालकन्या प्राविमा ३ वर्ष पढाएका थिए भने सगरमाथा उच्च मावि, रानिबास घोरेटारमा ९ वर्ष पढाएका हुन् ।

लामो समय शिक्षण पेशामै आवद्ध भएका कारण उनले आफ्नो योजनामा शैक्षिक प्रणालीको रुपान्तरणलाई मुख्य विषय बनाएका छन् ।

अन्य चुनावी एजेण्डाहरू
आशकुमार राईले संघीय शासन व्यवस्थाको प्रतिरक्षा, सांस्कृतिक पहिचान सुनिश्चितता तथा भोजपुरको दीगो समृद्ध आर्थिक विकासलाई प्राथमिकतामा राखेका छन् । त्यसैगरी समानुपातिक समावेशीकरण, सुशासन र सदाचार, पर्यावरणीय सन्तुलन आदिलाई चुनावी एजेण्डाको रुपमा अगाडि सारेका छन् ।

यिनै चुनावी एजेण्डा तथा जनताको मनोभावना बुझेकैले आशकुमारको उम्मेद्वारी अन्य उम्मेद्वारको लागि भारी पर्ने आशकुमारको दाबी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...