हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न - Naya Online

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी

लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ ।

२ अक्टोवर २०२२ का दिन लण्डनस्थित हेज टाउनमा हिलिङडोन गोर्खा नेपाली क्युनिटिले दशैं विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली र बेलायती राष्टिय गान बजाएर कार्यक्रमको सुरु भएको थियो । त्यसलगत्तै भर्खरै दिवंगत भएकी बेलायतकी महारानी एलिजावेथ द्वितीयको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो । मौन धारणपश्चात् संस्थाका सहसचिव किसोर रानाले कार्यक्रममा उपस्थित सबैलाई दसैको शुभकामनासहित स्वागत गरेका थिए ।

Mayor of London brough Of Hilingdon को निम्तोलाई रिप्रिन्जेट गरेका काउन्सिलर Becky Haggar प्रमुख अतिथि, London Brough of Hounslow का काउन्सिलर विष्णुबहादुर गुरुङ र मिसेस सीता कुमारी गुरुङ विशेष अतिथि, गोर्खा नेपाली कम्युनिटि हस्लोका महासचिव धनवहादुर सार्की र संस्थाका पूर्वपधाधिकारीहरु अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा विशेष अतिथि काउन्सिलर विष्णु गुरुङ र अतिथि गोर्खा नेपाली कम्युनिटी हन्स्लोका महासचिव धनबहादुर सार्कीले दशैंको शुभकामना दिएका थिए । संस्थाका उपाध्यक्ष पूर्ण नेपालीले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए ।

नेपाल बाट आएकी कलाकार गीता पाईजा र संस्थाकी अन्जना तामाङले गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा च्याब्रुङ नाच, कोकटेल डान्सका साथै अन्य सास्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिनुका साथै राइफल ड्र पनि खेलाइएको थियो ।

संस्थाको अध्यक्षको पूर्ण कुमार फालेछुवाले असत्यमाथि सत्यको विजय भएको विश्वास रहिआएकोले दशैं किन ? केका लागि र कहिले मनाईन्छ भन्ने कुरालाई प्रकाश पार्दै हिन्दुहरुको ठूलो चाड विजया दशमीको शुभकामना दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद दिएका थिए ।

साँझ ५ बजे सुरु भएको कार्याक्रम राती १०ः४५ मा समापन भएको कार्यक्रमको सन्चालन संस्थाका सचिव सुक्र लिम्बुले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...