बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार - Naya Online

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका छन् । उनीहरूको बेग्लै ढङ्गबाट चर्चा पनि भइरहेको छ । मुलुक संघीय गणतान्त्रिक नेपालको रूपमा परिवर्तन भएपछिको दोश्रो पटकको चुनावमा होमिएकोह हो । संघात्मक प्रणालीको अभ्यासमा अभ्यस्त भइरहेको नेपालमा संघात्मक व्यवस्था खारेजीको झिनो स्वर नआएका होइनन् । तर यसपटकको चुनावमा उत्साहजनक उम्मेद्वारी परेको छ प्रदेशसभामा । त्यस्तै उत्साही ढङ्गमा प्रदेशसभामा चुनावी माहौलमा हाम फालेका छन् –सोलुखुम्बु जिल्लाको प्रदेश ख मा महेशकुमार राना मगर (वर्तमान)ले । मगरले संघात्मक व्यवस्थालाई संस्थागत गर्ने पार्टी जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वारी दिएका हुन् ।

नजिकबाट महेशकुमार
महेश कुमार रानामगर (वर्तमान) एक साधारण परिवारमा वि.स. २०३६ साल चैत्र १५ गते सोलुखुम्बु जिल्लाको तत्कालिन जुभिङ गाविस र हाल खुम्बु–पासाङ ल्हमु गाउपालिका वडा नम्बर–१ खरिखोला बजारमा बुबा नरेश कुमार राना मगर एबम आमा स्व जुनकीरी माया मगरको कोखबाट जन्मिएको हुन् ।

तीन भाइ र दुई बहिनीमध्य महेश जेठो छोरो हुन् । बाल्यकाल अत्यान्तै अभाव र पीडामा बिताउनुको साथै सानैमा आमाको स्वर्गारोहणले झनै दुःख थपेको भेटिन्छ । गाउमै खरिखोला माविबाट एसएलसीसम्मको पढाइ सकेपछि उच्चशिक्षाको लागि सदरमुकाम सल्लेरीमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसबाट (१०+२) र बिएड उत्तीर्ण गरेका छन् । त्यस्तै त्रिभुवन बिश्वविद्यालय कीर्तिपुरबाट ग्रामीण विकासमा एमए गरेका छन् ।

साहित्यकार तथा गायक महेशकुमार
सानैबाट साहित्यमा कलम चलाएका रानामगरले दुई कविता सङ्ग्रह प्रकाशन गरेका छन् । आखीझ्यालबाट र गुलावका फुलहरू उनको सङ्ग्रह हुन् । करिब २०० भन्दा बढी गीतको रचना गरेका छन् । करिब दर्जनभन्दा बढी गीतहरू विभिन्न राष्ट्रिय कलाकारहरूबाट स्वर तथा संगीतबद्ध गरेका छन् । यति मात्र होइन उनी आफै पनि गीत गाउछन् । ३ वटा गीत आफैँले स्वरबद्ध गरि सकेका छन् । उनका दर्जनभन्दा बढी कथा तथा निबन्ध पनि लेखेका छन् । उनको साहित्यिक सृजना गर्दाको नाम वर्तमान हो ।

सोलुखुम्बु रहदा साहित्यिक सस्था सोलुखुम्बु साहित्यिक मन्चको स्थापना गरेर सोलुखुम्बुले जन्माएको प्रतिभाको खोजी गर्ने तथा सस्थाको मुखपत्र नवप्रतिभा करिब ५ बर्स प्रकाशन तथा सम्पादन गरेका थिए ।

जिल्लामा रहँदा राम्रो भलिबल खेलाडीसमेत रहेका महेशकुमार रचनात्मक कार्यको कारण उनी परिचित पनि छन् । जातो पिध्ने, च्याख्ला छिन्किने, घासदाउरा, बनमा आरा काट्ने, घर बनाउनेदेखि लिएर नाटक लेख्ने/खेल्ने, गीत गाउने, मादल, बाँसुरी, गिटार, हार्मोनियम बजाउने गर्दछन् । यति मात्र होइन, सानैमा रेडियोको डाइनामो निकालेर हेलिकप्टरसम्म बनाएको अनुभव महेशसँग छ ।

सङ्घर्ष तथा समाजसेवा
महेशकुमार रानामगरले खानेपानी कार्यलयको प्राविधिक सहायक, पर्यटन प्रवद्र्धन कार्यक्रमका सामाजिक परिचालक, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र सोलुखुम्बुको संयोजक रहेर कार्य गरिसकेका छन् भने काठमाडौ रहँदा निजि स्कुलको प्रिन्सिपल बनेका थिए । त्यसैगरी रेमिट्यान्स कम्पनी आइएमईमा काम गरी वित्तियक्षेत्रको अनुभव पनि लिएका छन् । उनले खरिखोला उच्च माविको संस्थापक प्राचार्यसमेत रहेर कार्य गरिसकेका छन् ।

राजनीतिमा महेशकुमार
राजनितिक रूपमा पनि उनी सानैदेखी सचेत थिए । वामपन्थी बिचार मनपर्ने महेशले खरिखोला माविमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रारम्भिक कमिटिदेखि राजनीति शुरुवात गरेका थिए ।

उच्च शिक्षाको लागि क्याम्पसमा पुगेपछि अनेरास्ववियूको सचिब, जिल्ला कमिटीको सचिब, नेकपा एमाले सोलु–काठमाडौ सम्पर्क कमिटीको सचिवसम्म रहेर सांगठानिक जिम्मेवारी पूरा गरेका थिए ।

पहिलो संविधान सभाको विघटनपछि एमाले परित्याग गरि संघीयता र पहिचानको आन्दोलनका लागि संघीय समाजादी फोरममा प्रवेश गरेका थिए । पार्टीहरूको एकीकरण हुँदै अहिले बनेको जनता समाजबादी पार्टीको प्रदेश सदस्य छन् भने समाजवादी युवा संघ केन्द्रिय समितिको सदस्य पनि छन् ।

सामाजिक सेवाको क्षेत्रमा पनि त्यतिकै सक्रिय रहेका महेशले सोलु–ओखलढुंगा मगर समाज सेवा केन्द्रको अध्यक्षसमेत रहेर ५ वर्ष सेवा गरिसकेका छन् । साथै सहयोग प्रतिष्ठान नेपालको सस्थापक अध्यक्ष पनि हुन् ।

लामो समय नेपाली काँग्रेस तथा नेकपा एमालेले मुलुकलाई डोर्याएता पनि गन्तव्य नपुर्याएकैले वैकल्पिक शक्तिको उदय भएको महेश बताउँछन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) वैकल्पिक शक्ति भएकैले रोजेको र मुलुकलाई नयाँ शिराबाट नेतृत्व गर्न यस पार्टीको आवश्यकता रहेको महेशको भनाई छ ।

महेशसँगै संघमा लाक्पा शेर्पा र प्रदेश सभाको लागि सोलुखुम्बु क मा भक्तबहादुर राई उम्मेद्वार रहेका छन् । महेशको जोडदार माग छ –वैकल्पिक शक्तिको रूपमा यसपटक जनताले छातामा मत दिई विजयी गराइयोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...