मोरङ, २३ असोज । जनता समाजवादी पार्टीका नेता रामकाजी राईले मोरङको क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । ‘मलाई रहर थिएन उमेद्वारको, तर केही बाध्य हुनुपर्दोरहेछ ।’ उम्मेद्वारीपश्चात राईले फेसबुकमा लेखेका छन् ।
तीन तीन पटक संसदको चुनाव लडेको प्रसँग उक्काउँदै राईले लेखेका छन् –‘२०४७ सालदेखि पहिचान वा जातीय मुक्तिको राजनीतिक झोला बोकेर हिड्दा एमएस थापा, गोरेबहादुर खपाङ्गीले २०५२ सालामा राजाबादी बनाउन खोजे । त्यसले गर्दा पार्टी नै फुट्यो । जनमुक्ति पाटी नेपाल, त्यसपछि बाबुराम भट्टराईसँग मिलेर नयाँ शक्तिहुँदै, अन्तमा जसपा भइयो । पार्टीको आर्थीक नीति सुध्रेला भन्ने आसाले बर्षमा १२ महिनामध्य एक महिनाको पेन्सनमा थपेर एक लाख पार्टीलाई दिएको हुँ । मेरो उम्मेद्वारीको लागि क्षेत्रीय तथा जिल्लाले सिफारिस गरेपनि पार्टीले काटेपछि मेरो राजनीतिक यात्र बताउन कर आइलागेको हो ।’
समानुपातिक उम्मेद्ध्वारको लागि सिफारिस परेपनि केन्द्रबाट काटिएपछि आफुलाई अपमानवोध भएको राईले उल्लेख गरेका छन् । आफ्नो नेता अशोक राई लड्ने क्षेत्र धरानबाटै स्वतन्त्र उम्मेद्वारी दिनेसमेत तयारी गरेका उनले आफ्नै क्षेत्रमा उम्मेद्वारी दिएका हुन् । ‘ओलीसँग घाँटी जोडिएको देखेपछि मैले आज आफ्नै ठाउँमा उम्मेद्वार दर्ता गरेको छु ।’ उनले लेखेका छन् ।
‘बैतरणी तर्न खोज्ने तर अर्काको पुच्छर नसमाई नसक्ने नेताहरुले हाम्रो पहिचानको राजनीतिक मुद्दा पार लगाउने छाँट देखिएन । पहिचान र मुक्तिको राजनीतिक मुद्दा बोक्ने व्यक्ति म पनि हो । न्याय, पुरानो आफ्नै ठाउँमा होला । पार्टीको कारवाही कुरेको छु ।’ राईले उल्लेख गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।