आधुनिक लिम्बुवानका सहिद राजकुमार आङ्देम्बे 'माङ्तोक'को १५औँ स्मृति दिवस मनाइयो - Naya Online

आधुनिक लिम्बुवानका सहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १५औँ स्मृति दिवस मनाइयो

पाँचथर – लिम्बुवानी आन्दोलनका प्रथम सहिद राजकुमार आङदेम्बे ‘माङ्तोक’को १५औ स्मृति दिवस एक कार्यक्रमको साथ सम्पन्न भएको छ । सहिद माङ्तोक- मनिल स्मृती प्रतिसठान पान्थरले आयोजना गरेको हो । बिहीवार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय सचिव सुनिता केरुङ, सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला सचिव सुबास केरुङ लगायतको उपस्थिति रहेको थियो ।
२०६४ साल असोज २० गते का दिन सम्बिधान सभाको चुनाब पुर्ण समानुपातिक प्रणाली बाट गराउने अभियान र अरुण- सप्तकोशी पुर्वको ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य निर्माण को निमित्त आन्दोलित हुने क्रममा लोकमार्ग को कमल खोला सडक किनारमा ससस्त्र प्रहरी को गोली लागी सहादत प्राप्त सहिद माङतोक चुलाचुली १ कमल का स्थाइ बासिन्दा हुन । सहिद माङ्तोकको बलिदानलाई  सार्थक बनाउन आन्दोलनको कार्यक्रम तय भइरहेको केरुङ्ले बताए । कार्यक्रम सहिद माङ्तोक-मनिल स्मृति प्रटिष्ठानका अध्यक्ष डिआर हाङ्सरुम्बाको अध्यक्षतामा र सचिव कुमार यवा मौसमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...