सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम ! - Naya Online

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई

हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरू आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस् न ?” भन्दै यात्रृहरूको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरूको बिरमाईलो दृश्य देखेर मेरो भित्री दिल त यस्सै रोयो । तर ताराले उनीहरूलाई देख्ने बितिक्कै, “आम्मै ! कति खतरा ? यस्तो बाटोको बीचमा उभिदा गाडीले कुच्यायो भने यी नानीहरूको हालत के हुन्छ ? अलिक राम्रो स्थान हेरेर बस्नु पर्ने,” हतासमा उनले प्रश्न गरिन् ।

उनको प्रश्नले म झन नाजबाफ बनेको थिएँ । हामी मटरभित्र थियौं । र, चालकले बेधडकको साथ मोटर चलाइरहेका थिए । बालिकाहरूको त्यति हृदयविदारक स्थिति देखेपछि मेरो मनमा हल्का त्राश उत्पन्न भयो । त्यसैले चालकलाई, “गुरुजी ! कृपया, एकछिन मोटर रोक्नोस् त ?” मैले मटर रोक्नको लागि सानो अनुरोध गरें । मेरो कुरो सुन्ने बितिक्कै उनले पिलो निचोरे झैँ सुस्तरी ब्रेक दबाएर मटरलाई रोके । र, गियरलाई हतारहतार न्युट्रल बनाइँ हाले । त्यसपछि करक्कै आवाज आउने गरि हेन्डब्रेकलाई ताने ।

हेन्डब्रेकको सहायताले मटर रोकिरहेको थियो । त्यसपछि मैले सिसाको झ्याललाई सरर खोलें । झट्टै हेर्दा अबोध देखिने ती बालिकाहरू कतै इलामे रैनीहरू पो हुनकि भन्ने मेरो मनमा यस्सै लाग्न थालेको थियो । यदि होइनन् भने पनि उनीहरूको अनुहारले राष्ट्रको मूलवासीहरूको प्रतिनिधित्व राम्रै तरिकाले गरिरहेका थिए भन्ने कुरोमा हामी दुई मत हुन सक्त्तैनथ्यौं । हामी उनीहरूको नजिकै पुगेका थियौं । अब त्यति नजिक पुगेपछि उनीहरूको उमेर अन्दाज लगाउँदाखेरी सायद दश–बार्ह बर्षको हुनुपर्छ भन्ने लाग्यो । अझै ती दुवैजना दिदीबहिनी पो हुन् कि भन्ने मलाई मनमनै लागिरहेको थियो ।

एकछिनपछि सानो चाहिँले बडो आत्मियताको साथ, “सर ! हाम्रो घरमा हाम्री आमा सिकिस्त बिमारी भइँरहेकी छिन् । उनको औषधि उपचार गर्ने पैसा छैन । कृपया निगुरो किनिदिनुहोस न ?” भन्दै एकहातले निङ्गुरोको मुठो उँचालेर मेरो अनुहारसामु ल्याइँन । निङ्गुरोको मुठो मेरो अनुहारको नजिक देखेपछि, “भो भो नलिनु है । आज हामी होटलमा नै बस्छौं । हाम्रो घर पनि एकालङ्कामा छ । हामी बाटोमा जादाँजादाँ सुकि पनि हाल्छ ।” मटरको पछाडीदेखि ताराको सानो स्वर गुन्जिदै आयो ।

तर मेरो अनुहारदेखि त्यति नजिकबाट आको त्यो शब्दले मलाई खाटा बसेको पुरानो घाउ उप्काए झैँ भयो । किनभने म सानो छँदा एकदिन मेरी आमा पनि त्यस्तै सिकिस्त बिमारी हुनु भएको थियो । र, त्यसबेला बाबु घरमा हुनुहुन्नथ्यो । हिउँदको महिनामा पैसा कमाउनको लागि गुमपहाडतिर जानु भएको थियो । त्यसैले म र बैनी गाउँभरी त्यसरी नै खानाको खोजीमा हिडिरहेका हुन्थ्यौं ।

मेची सडकमा उनीहरूको अचानक उपस्थितिले मेरो मन बेचैनमात्र होइन, केहिबेर स्तब्ध भइँरहेको थियो । अब त्यति नजिक आएर उँभिएपछि मैले उनीहरूलाई शिरदेखि पुछारसम्म राम्ररी हेरें । निक्कै लामो समयसम्म नधोएर जिङ्ग्रिगै परेको केसरासी । मयलले कत्ला कत्ला परेर खङरङ्गै भएका हातखुट्टाका छालाहरू । अनि भर्खरभर्खरै हातले एकचोटी दायाँ र अर्कोचोटी बायाँ तानिएका अनुहारमा सिङ्गानको लाप्राहरू । बर्षौ अगाडीदेखि फाटेर धुजाधुजा भएका एक्कैखाले निला जामाहरू । त्यो भन्दा बढि दुःख त मलाई त्यसबेला लाग्यो । जतिबेला जताततै छिद्रछिद्र भएका कट्टुहरूमा मेरो नजर पुगेर बङलङ्गै ठोकिएँका थिएँ । यीनै यावत कुरोहरूले त्यहाँ दरिद्रताको पहिचान राम्रैसँग देखाइरहेका थिए ।

चैत्र बैशाखको मध्ये खडेरी थियो । अझै मध्यान्हको टण्टलापुर गर्मीले हामीलाई राम्ररी सताइरहेको थियो । हुनत हामी वातानुकुलित मटरमा सरर हुइँकिरहेको थियौं । त्यसैले हामीलाई खास्सै असर परिरहेको थिएन । तर त्यति कडा घामले सडकमा बिछ्याइँएका अलकत्र मज्जाले तताइँरहेको मटरदेखि नै आभाष हुन्थ्यो । अब त्यति धेरै तातो अलकत्रमा नग्न खुट्टाले टेक्त्ता कस्तरी पोलीरहेको होला भनेर मैले गाडीभित्र स्वयम अनुभूत गरिरहेको थिएँ । हुनत उनीहरूको त्यस्तो दुःखद स्थितिमा मैले निगुरो पनि किन्न सक्त्तिनथे ।

किनभने हामी भरै बेलुकी बिर्तामोडमा पुगेर होटल किङ्सबरीमा बास बस्दै थियौं । अझै त्यो योजना झापादेखि ताप्लेजुङको लागि उकाली चढँनु अगाडी नै बनेका हुन् । त्यस होटलमा हामी पहिले पनि बसेका थियौं । होटल पाँचतारे र एकदम नयाँ थियो । साँच्चि त्यसको आधिकारिक उदघाटन पनि भएको थियो वा थिएन मलाई पत्ता भएन । तर रातको लगभग सय डलरभन्दा मुनी तिर्नु पर्ने त्यो होटल मेरो विचारमा निक्कै सस्तो नै लागेको थियो । नत्रभने विश्वका बिभिन्न ठाउँहरू जस्तैः– हङकङ, सिङ्गापुर, दुवाई, लण्डन, रोम, इस्तानबुल, पेरिस र न्युयोर्कमा त्यतिको सस्तोमा हामी कहिले पनि बस्ने अवसर पाएका थिएनौं । यदि अन्य सबै ठाउँलाई छाडिदिने र काठमाण्डौको अन्य पाँचतारे होटलहरूसँग तुलना गर्ने हो भने पनि हामीलाई निक्कै सस्तो लागेको थियो । त्यसैले ताराले त्यहिँ बस्नुपर्छ भनेर ढिपी गरिरहेकी थिइँ ।

बग्रेल्ति घुम्तीहरू भएको मेची सडकमा त्यसरी भेटिएका नानीहरूको निगुरो किन्न नसके पनि त्यतिक्कै बिदा हुन मलाई थोरै अफ्ठ्यारो लागिरहेको थियो । त्यसैले गोजीमा आराम गरिरहेको एकहजारको नोट निकालेर पाँच–पाँचसय है भनेर भित्री दिलदेखि दिन मन लाग्यो । त्यति सोचिसकेपछि गोजिमा हात लगाएर पैसा निकाल्न खोज्दै गर्दा, “सर ! पर्दैन पर्दैन हजुर, यस्ता नानीहरू बाटामा कति भेटिन्छन् भेटिन्छन् । बाटो बाटोमा पैसा बाँडेर कहाँ साध्य हुनु र ? जति बाँडेपनि पुग्त्तै पुग्त्तैन नि हजुर ।” थोरै मुख खुम्च्याएर चालक बोले । उनको भनाई सुनेर केहीहदसम्म साँचो लाग्यो । हुनत मेरो मन पनि कर्कलाका पात माथिको पानी जस्तै लरबरिरहन्छ । नभन्दै उनको कुरोले मेरो विचार सर्लक्कै युटर्न भइँहाल्यो ।

साँच्चै पैसा दिएर सबैको पेट भरिने भए मुम्बईमा आँधापेट खाएर बाँचीरहेकाहरूलाई मुकेश अम्बानीले किन पैसा नदिएका होलान् ? त्यसैले पैसा दिएर संसार चल्दैन भन्ने उनलाई राम्रैसँग हेक्का रहेछ । त्यसको सट्टामा उनले लगभग एक अरब डलर खर्च गरेर विश्वको सबैभन्दा महङ्गो घर निर्माण गरे । तिनै २७ तले गगनचुम्बी महल “एन्टिलिया” देखि मुनी सडकमा बरु रमिता हेर्छन् । त्यो त भारतिय भूमीको कुरो भयो । यदि चिनियाँहरूको पनि कुरो गर्ने हो भने त्यहाँका असाध्यै धनाढ्य ज्याक माले, “सित्तैमा केही चिज पाइँदैन, र हरेक कुरो किन्नुपर्छ,” भनेका एकचोटी राम्ररी स्मंरण गरें । तर हामी नेपालीहरू चाहिँ कुरो बुझेर वा नबुझेर सितैमा युरोपियन युनियन, युएसएड, जाईका र डिफिडलाई घरिघरि किन घच्घच्याइँरहेका छौं भनेर ताजुक लाग्छ ।

“उसो भए लु भैगो जाउँ त । आखिर जति माया लागेता पनि केही गर्न सकिएन ।” धेरै मन खेलाएपछि चालकतर्फ हेरेर मैले सुस्तरी मुख खोलें । उनी शाही नेपाली सेनाका पूर्व हबल्दार हुन् । हुनत अहिले शाही शब्द लोप भइँसकेको छ । खयर जे सुकै भएतापनि उनी बहुत अनुशासित छन् । उनको बानी ब्योहोरा देखेपछि नेपालीहरू पनि त्यति इमान्दर हुन्छ र, भन्ने मलाई उनले बनाएका छन् । मैले त्यसो भन्ने बितिक्कै उनले मटरको हेन्डब्रेक खोले । र, मटर सुस्तरी अगाडी गुड्न थालिहाल्यो । तर त्यती प्यारी नानीहरूलाई सडकमा त्यतिक्कै छाडदै गर्दा मेरो मन हुरुरु उँडेर मेरी छोरीकहाँ पुग्यो । म पनि समयमा नै छाती, तौल, उचाइ र भुँडी नापेर परदेश नलागेको भए सायद मेरी छोरीले पनि क्विन मेरी युनिभर्सिटी, लण्डनमा अङ्ग्रेजी कानुन पढने अवसर के पाउँथी होली र ? त्यसपछि बेलायतको दोश्रो ठूलो सहर बर्मिङ्घाममा सोलिसिटरको भूमिका कसरी निभाउँन सक्थिन होली र ?

त्यसपछि हामी सधैको लागि उनीहरूसँग बिदा भएका थियौं । चालकले टिटटिट हर्न बजाउँदै असंख्या घुम्तीहरू पार गर्दै गयो । हुनत हामी त्यसबेला नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङ्ग घुम्न निस्केका थियौं । त्यहाँ पुगेर हाम्रा पृय मित्र मणिशंकर पोमुसँग बजारलाई एकचक्कर मार्दा आफ्नो जिल्ला सदरमुकाम दिक्त्तेल झैँ सुरक्षित महसुस गरिरहेको थियौं । यदि उहाँसगँ साइँनु नगासिएको भए मनभरि डर बोकेर फुङलिङ् बजार घुम्नु पर्ने हुन्थ्यो होला ? तर त्यस्तो भएन । बजार घुमिसकेपछि बेलुकी पख मेवाखोला रिसोर्टमा फिरेका थियौं । र, त्यहाँ एकरात समय बिताएपछि भोलि फुङ्लिङ् बजारलाई बिदाई गरेका थियौं ।

कुरो २५ अप्रिल २०२१ को हो । अनि हामी पूर्वी नेपालको यात्रामा थियौं । र, यात्रामा म, तारा, दया बैनी र उनकी श्रीमान् थियौं । फुङलिङ्पछि हाम्रो यात्रा क्रमशः फिदिमहुँदै ईलामतर्फ झरेका थिए । वास्तवमा चिया र अलैँचीको मूख्यभूमी रहेको ईलाम जिल्ला सम्भवत नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनसक्छ भन्ने मेरो ठम्याइँ थियो । जुनकुरो मैले नेपालमा रहेको बिभिन्न जिल्लाहरूको यात्राको क्रममा पूर्वको सिमाना काकरभिट्टादेखि पश्चिमको सिमाना दोधारा चादँनीसम्म पुगेर निकालेको निश्कर्ष थियो । तर त्यो जिल्ला नै राम्रो हो भन्ने मेरो विचार नितान्त व्यक्त्तिगत विचार हो । सायद अन्य मानिसलाई फरक जिल्ला पनि मन पर्न सक्छ ।

तर यदाकदा मलाई कसैले ठेक्कै, “तपाईलाई नेपालको सबैभन्दा बढि मन पर्ने स्थान कुन हो ?” भनेर सोधिहालेको खण्डमा म आँखा चिम्लेर निस्फिक्रीको साथ कन्याम, ईलाम हो भन्न सक्नेछु ।

कन्याम घुम्ने सुन्दर सपना लिएर हाम्रो यात्रा क्रमशः अगाडी बढिरहेकै थियो । तर साखेजुगं पुगेर हाम्रो मटरले एकझमट बिसौनीमा थकाइँ मार्यो । हुनत मेरा पाठकहरूलाई ज्ञान भएकै कुरो हो । साखेजुगं तिनै गाउँको नाम हो । जहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म भएको थियो । तर त्यहाँ पुगेर कसोकसो साखेजुगं, झलनाथ र सडकछाप नानीहरू सम्झदा मेरा दिमाक पुनः एकचोटी रन्थनिएर आयो । सायद म पनी यो देशको मन्त्रि वा प्रधानमन्त्रि हुँदो हुँ त सर्पको अध्यानमा खर्च गर्ने करौडौ करोड सरकारी पैसा तिनै सडकछाप नानीहरूको पढाइँमा खर्च गर्थे हुँला ?

तर म त्यति भाग्यमानी मानिस कहाँ छु र ? मलाई थाहा छ । म कहिलै पनि जिन्दगीमा मन्त्रि हुन सक्त्तै सक्त्तिन । र, सरकारी पैसाको उपभोग पनि गर्न पाउँदिन । हुनत मैले यसो भनिरहँदा उपयोगिताबादका पिता जेरेमी बेन्थनले भनेको एउटा कुराले चाहिँ हरेक मानवको हृदय छुन्छ । किनभने मानिसले जुनसुकै काम गरेता पनि “अधिकतम मानिसहरूको अधिकतम खुसी” को लागि गर्नु पर्छ उनले भनेका छन् । यदि चिनियाँ दर्शनशास्त्रि लाउत्सुले झैँ राम्ररी मनन गर्ने हो भने वास्तवमा सर्प पाल्ने काम त न्युनतम मानिसका लागि अधिकतम खुसी हो कि भन्ने मलाई कताकता भान पर्यो । तर सबै मानिसको विचार एउटै नहुन पनि सक्त्तछन् ।

साखेजुगंलाई छाडेपछि सर्पको कुरो पनि सकियो । तर पुवाखोला पार गरेपछि भने मेरा नयनहरू हल्का रक्त्तिम हुँदै आइरहेका थिएँ । किनभने हामी त्यसबेला बरबोटेको कुइँनेटोमा सुस्तरी गुडिरहेका थियौ । अब त्यहाँ पुगेपछि मैले डाक्टर तारानाथ शर्माको बेस्सरी याद गरें । हुनत उनी अहिले हामीसँग हुनुहुन्न । तैपनि बरबोटे तिनै गाउँ हो । जहाँ आजभन्दा लगभग आठ दशक अगाडी उनको जन्म भएको थियो । त्यहाँ जन्मेता पनि उनले अध्यानको क्रममा बेलायतसम्म पुगेर बरालिएका मात्र होइँन । अमेरिकन भूमीमा पनि राम्ररी परेड खेलेका थिए ।

अब ताना शर्माले अमेरिका र युरोपमा अध्यान गर्ने सगौरव अवसरहरू पाउँदा त्यसको आँठ दशकपछि निगुरो बेच्ने इलामे रैनीहरूले खै के पाउने हुन् कुन्नि ? वास्तवमा यो कुरो बुझ्न मैले निक्कै मेहनत गर्नु पर्ने हुन्छ । अझ यसो भनौं । मेरो जस्तो दिमाग हुने मूलवासीहरूलाई अलिक हम्मे हम्मे पर्छ । सम्भवत आइन्स्टाइनकै दिमागको आवश्यक पर्छ होला ? सन् १९९९ मा मक्कास्टर युनिभर्सिटीका बैज्ञानिकहरूहरूले उनको दिमाग साधरण मानिसको भन्दा अलिक सानो छ भनेका छन् । हुनत अहिले पनि उनको दिमागको बिषयमा अध्यान गर्न मिलिहाल्छ । किनभेन म फिलाडेल्फिय पुग्दा त्यहाँको कुटर सङ्ग्राहलयमा उनको दिमाग छन् भनेर पत्ता लगाएको थिएँ ।

आइन्सटाइनलाई त्यहिँ छाडौं । एउटै राज्यको मानिसहरूले फरकफरक सुबिधा भोग गर्न पाउनुमा राज्यको उपल्लो तहमा बस्ने मानिसहरूको कि साधरण जनताको दोष होला ? त्यो पनि सोच्नु पर्ने हुन्छ । हुनत यो कुरो यहाँ भन्न मिल्छ वा मिल्दैन ? तारानाथ र दुर्गानाथहरूले देश बिदेशमा अध्यान गर्ने अवसर पाउँदा के राज्यले सबै मानिसलाई समान व्यवहार गरेका छन् त ? यसको सहि जबाफ भेटन नसकिएतापनि निश्चय नै मलाई केहिबेर सोचनिय बनाइँरह्यो ।

त्यति रमाइँलो गाउँ बरबोटे छाडेपछि मटर एक रफ्तारमा गुडिरहेको थियो । किनकिन त्यसबेला मेरो तन ईलाममा र मन इलामे जनताहरू प्रति समर्पित भइँरहेका थिए । राष्ट्रले जनताप्रति गर्ने भेदभावको कडा बिरोधी युवाको एउटा नाम हो, – रत्न कुमार बान्तवा । मानव जीवनले एउटा कुरो के विचार गर्नु पर्छ भने, ‘दरिद्रता र अन्यायले क्रान्तिको मात्र जन्म दिन्छ ।” तिनै क्रान्तिको पर्यायबाचि नाम हो, बान्तवा । उनको जन्म २००८ सालमा ईलाम जिल्लाको सानो गाउँ चित्रेमा भएको थियो ।

२७ चैत्र २०३५ सालमा देउँमाईको किनारमा रहेको इभाङ्ग जङ्गलमा छातीमा गोली ठोकेर तत्कालिन सरकारले उनको बिभत्स हत्या गरेका थिए । उनलाई हत्या गर्दा उछिट्टिएका रगतका बाछिटाहरू तिनै जङ्गलका चिलाउँने रुखहरूमा परेका थिए । हरेकबर्ष तिनै चिलाउँनेका रुखहरू पालुवा फेरेर बढ्ने क्रम जारी भएतापनि दीनदुःखी र अशिक्षित बर्गको लागि आन्दोलनमा उत्रिएका बान्तवाको नाम भने घढ्दै वा गुमनाम हुँदै गइँरहेका छन् । ईलाम बजार काटेर उनको समाधिस्थल पार गर्दैगर्दा मैले एकपटक टोपी खोलेर रत्न कुमार वान्तवालाई हार्दिक सलाम गरेको थिएँ ।

बादलुको घुम्तीभित्र सधैँ हराइरहने ईलाम बजारलाई छाडेर हामी फिक्कलमा तस्विरका लागि रोकिएका थियौं । त्यसपछि मटर कन्याममा पुगेर अर्कोपटक रोकियो । कन्याम मेरो दोश्रो चोटीको गन्तव्य थियो । पहिलो चोटि यहाँदेखि सुरु गरेको यात्रा बाबुको पालाको गुन्द्रि बजार र मेरो समयको दार्जीलिङ, खरसाङ, कालिम्पोङ । र, सिक्किमको जोरथागं, नाम्ची, गान्तोक हुँदै सिलगुरीमा पुगेर अन्त गरेको थिएँ । कन्यामको यात्रा ताराको लागि बिलकुल पहिलो पटकको थियो । त्यसैले हामी त्यहाँ पुग्ने बितिक्कै हतार हतार एक–एकवटा सेतो घोडा चढिहालेका थियौं । त्यसपछि घोडाबाट सवार भएर नजिकै रहेको चियाबारीका थुम्काहरूलाई सुस्तरी चक्कर मार्न थालेका थियौं ।

तर त्यसरी चियाबारीको थुम्कालाई चक्कर मार्दै गर्दा मलाई अचानक रियाद पुगेको झझल्को आउन थाल्यो । रियाद पुगेको निक्कै लामो समयपछि हामी जेरुसेलममा पनि पुगेका थियौं । तर तिनै रियाददेखि जेरुसेलम पुग्ने प्रोफेट महम्मदको कथा भने मेरोभन्दा अलिक पृथक रहेकाछन् । ईस्लाम धर्मका अनुयायीहरूले उनी हाम्रा भगवान हुन् । र तिनै भगवान प्रोफेटले रियाददेखि जेरुसेलम पुगेर बायुपङ्खी घोडामा चढेर स्वर्गमा बिलय भएका थिएँ भन्ने विश्वास गरेका छन् । त्यसमा कतिको सत्यता छ । त्यो त मलाई पटक्कै थाहा छैन् । तर सत्य चाहिँ के हो भने हामी कन्यामको चियाबारीमा तारासँग निक्कैबेर बिलय भइँरहेका थियौं ।

निश्चय नै कन्याम र चिया एक अर्कामा पर्यायवाची शब्द हुन् भन्नमा कसैले कन्जुस्याइँ गर्न मिल्दै मिल्दैन् । लगभग १५–१६ बर्ष अगाडीदेखि कफिलाई सधैँको लागि तिलान्जली दिएपश्चात् चियाप्रति मेरो गहिरो प्रेम बस्न थालेको छ । तर चियाको इतिहास पनि एक प्रकारले गज्जबको नै छ । त्यसको अध्यान गर्न म एक दिन बेजिङ वा म्याण्डरिन भाषामा (बे भनेको उत्तर र जिङ भनेको राजधानी) उत्तरको राजधानी बेजिङ अथवा पूर्व पेकिङ पुगेको थिएँ ।

चीनमा इसापूर्व २७३७ तिरको एकदिन यस्तो घटना घट्न जान्छ । एक बिहान चिनियाँ सम्राट शेन नुङ एक कप तातोपानी लिएर एउटा रुखको मुनि बसिरहेको हुन्छन् । अचानक आएको हुरीले सम्राटको कपमा क्यामेलियाको पात खसेर पस्छ । र, उनले तिनै पातदेखि आएको रसलाई मज्जाले पिइदिन्छन् । सम्भवत त्यसै दिनदेखि त्यसको नाम चिया राखियो र चियाको बिकास विश्वभरि तिब्र गतिले फैलिदैं गयो ।

चियाको इतिहास मात्र होईन । हामीले बेजिङमा छँदा चिया आस्वादक उत्सव (टि टेस्टिङ सेरेमनी) मा भाग लिने सुनौला अवसर पनि पाएका थियौं । अनि त्यसबेला चिया चखाउँने जवान पट्ठीकी नाम चाहिँ अमन्डा थियो । उनको नाम अमन्डा कसरी रहन गयो होला भनेर मेरा पाठकहरू छक्क पर्नु हुन्छ होला ? तर प्रायः चिनियाँहरूको नाम चिनियाँ भाषा र अङ्ग्रेजी भाषामा गरेर दुई प्रकारले राखेका हुन्छन् । तिनै पट्ठीले साधरणतय चिनियाँ चियाहरू सेतो, हरियो, पहेलो, ओलाङ, कालो र गाढा रङ्का हुन्छन् भनेर हामीलाई भनेकी भनिन् ।

तर उनले भनेकी बाहेक मैले रातो चिया पनि निक्कैचोटी पिएको छु भन्ने त्यसबेला झल्यास्सै याद गरें । रुइँबुस बनस्पतीबाट बन्ने उक्त्त चिया अफ्रिकन रातो चिया भनेर विश्वभर मज्जाले चिन्ने गरिन्छ । तर उनले त्यतिबेला चीनियाँ चियाको मात्र कुरो गरेकी होलिन भनेर मैले केही सोध्ने जमर्को गरिन । उनले ती माथि उल्लेख गरिएको सबै चियाहरूको बिषयमा बताइँ सकेपछि हामीलाई सबै चियाको स्वाद चाख्ने अवसर पनि प्रदान गरेकी थिइँन । हुनत मैले संसारको बिभिन्न आनन्ददायि होटलहरूमा प्राप्त गरिने मध्यान्हको चिया (आफ्टरनुन टि) पिउँदै गर्दा तिनै चियाहरू पिएको बेजोडले अनुभव सङ्गालेको छु । त्यसो त चिनियाँ चियाहरूदेखि बाहेक भारतिय चियाहरू दार्जीलिङ, सिक्किम र आसामहरू पनि कहाँ कमि छन् र ? तर मैले यहाँनेर इङ्लिस ब्रेकफास्ट टिको चाहिँ कुरो गर्न चाहिनँ ।

हाम्रो यात्राको समय अविरल नदी झैं बहिरहेको थियो । त्यसैले हामीलाई कन्याममा ईलामे चियाको स्वाद लिने मौका भने जुर्न सक्त्तै सकेनन् । जे सुकै भएतापनि कन्यामसँग बिदा मागेर चारआली झर्दै गर्दा हाम्रो दिन समाप्त भएर सूर्य अस्ताउने काम भइँरहेको थियो । कसोकसो भाग्यले साथ दिएर सूर्यास्तको रमाइलो दृश्यबलोकन गर्ने समयमा हामी ठेक्कै पूर्वपश्चिम राजमार्गमा पस्दै थियौं । त्यसरी हामी पूर्वबाट पश्चिम लाग्दै गर्दा हाम्रो ताप्लेजुङ, पाँचथर, ईलाम र झापाको यात्रा पनि पुरा हुनै आटेको थियो ।

ती जिल्लाहरूको यात्राले भन्दा पनि खै मलाई त्यसबेला किन हो किन थोरै मन उद्वेलित भइँरहेको थियो । निगुरो बेच्ने स–साना बालिकाहरूको मुहार र मन्त्रि प्रधानमन्त्रि हुनेहरूको मुहारलाई मैले निक्कै लामो समयसम्म सस्मंरण गरिरहें । एउटै भूमीमा जन्मेर पनि फरक व्यवहार भोग्दै आइरहनुको पछाडी खै पूर्व जूनीको श्राप हो वा पश्चिमको भनेर द्विबिधामा परिरहें । त्यसैले प्रख्यात क्रान्तदर्शी कवि रडयार्ड किपलिङले लेखेको एउटा कबिताको एकहरप स्मृतिमा जागिरहेको थियो ।

“पूर्व भनेको पूर्व हो, र पश्चिम पश्चिम नै हो । र, यी दुईको कहिलै भेट हुन सक्तैन् ।”

अक्सफोर्ड, बेलायत ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...