तान्छोमाको माया - Naya Online

तान्छोमाको माया

नरेन्द्रराज केरुङ

मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या र फेरि पनि देशलाई तहसनहस गरी आफू अगाडि बढ्न चाहेको थियो । कति सजिलै उ अर्थात पाहाङले क्रान्तिकारी अवधारणा ल्याएको थियो ।

सायद भोलि गएर त्यसको परिणाम र दुर्घटनाबारे कल्पना गरेको थिएन कि ?

पाहाङको प्रस्तावलाई समर्थन गर्ने केही साथीहरू र आफ्नो जातीय, भूमि मुक्ति, पहिचानको लागि शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्नुपर्ने प्रस्तावहरूमा व्यापक छलफल गरिए । मैले पनि मेरो बिचार राखे, “म शान्तिपूर्ण तर सशक्त आन्दोलनको पक्षमा छु । हो, जरुरी पनि थियो, यतिखेर लोकतन्त्रको पुनर्बहालीपछि यहाँका पिछडिएका जनजाति, आदिवासी, मधेसी, दलित सबैले आफ्नो हक अधिकारको बारेमा आवाजहरू उठाइरहेका थिए ।

‘एकात्मक राज्यसत्ताले शोषित, पीडित बनाएको धेरै आदिवासी जनजातिहरू जातीय संघीयताले हाम्रो जस्तो बहुजातीय देशमा बढीभन्दा बढी जातिहरूलाई स्वशासन गर्न दिई बढीभन्दा बढी जनताहरूलाई शासन सत्ता सन्चालनमा सहभागी गराउँदछ ।’ भन्ने तर्क राख्दथे । उनीहरू भन्दथे ‘जातीय स्वायत्तताले बिखन्डन ल्याउदैन, बरु यसको ठिक बिपरित यसले बिखन्डन हुनबाट जोगाउँदछ । तर संघीयताबिरोधी तथा जातीय, पहिचान बिरोधीहरू संघीयताले देश बिखन्डन हुन्छ भन्दथे र जनताको चाहाना, आवाजलाई निमिठ्याउन हरप्रकारले प्रयास गरिरहेका हुन्थे ।’

नेपालमा संघीयता र स्वायत्तताको कुराहरू चर्को रूपमा उठिरहेको बेला पाहाङ एकहोरो क्रान्तिको कुरा गरेर थाक्दैनथ्यो । उ भन्थ्यो “हाम्रो बिरोधीहरूलाई गोली ठोक्नुपर्छ । म लगायत धेरै साथीहरू त्यसको विपक्षमा थियौ । बन्दुक नै समस्याको समाधान होइन भन्थ्यौ । हुनसक्छ ऊ मा एकात्मक राज्यसत्ताप्रति ठूलो आक्रोश थियो ।”

त्यसो त हामीमा पनि आक्रोश, अशन्तोष नहुने कुरै भएन । हाम्रा पुर्खाहरूको नाक, कान काटिएको घटना होस् वा बलात्कारको शिकार बनाई अर्धमृत अवस्थामा अरुण नदिमा बगाइदिएको घटना होस वा कुशल सेनापती काङसोरेलाई झुक्याई मारेको घटना होस् यी सबै कुराहरूलाई सोच्ने हो भने यहाँ साच्चिकै ठूलो गृहयुद्ध हुनेछ ।

तर हामी त सहअस्तित्ववादी हौ । हामी ती पुराना कुराहरूलाई बिर्सेर समय सुहाउँदो जातीय संघीयताभित्र मिलेर बस्न चाहान्छौ । फेरि पनि सोच्ने हो भने बि.सं. १८३१ श्रावण २२ गते पृथ्वीनारायण शाह र लिम्बुवानबिच भएको सन्धि तथा ताम्रपत्रमा उल्लेखित अधिकारलाई विभिन्न षडयन्त्र गर्दै ‘किपट’नामाकरण गर्ने रणबहादुर शाह होस् अथवा विभिन्न षडयन्त्र गर्दै सन १९६७ मा किपट तोडी सम्पूर्ण हकअधिकार खोस्ने राजा महेन्द्र नै किन नहोस् । अथवा पञ्चायतकालमा हाम्रो भाषा, लिपी र संस्कारप्रति दमन गरि एक भाषा, एक धर्म लाद्ने निरंकुश ब्यवस्था होस् वा प्रजातन्त्र, लोकतन्त्र, समावेशीताको नाममा तिनै एक पक्षीय सामन्तहरूको बोलबाला कायम रहयो । यी सबै असमानताहरूको विरुद्धमा क्रान्ति गर्न त जरुरी नै थियो ।

मुक्साम भन्ने गर्दथ्यो, “संघीय लोकगणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान स्वायत्त गणराज्य स्थापनार्थ शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्नुपर्छ । त्यसैले होला लिम्बुवान भुमिमुक्तिको लागि तैनाथ हजारौ एलभीहरू संयमताको साथ शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन्थे । यति हुँदाहुँदै पनि एकात्मक राज्यसत्ताले राजकुमार आङदेम्बे ‘माङतोक’ र संघीयवादी विद्यार्थी मनिल तामाङको हत्या गरेरै छाड्यो ।

सायद मुक्सामको दुरदर्शिताले होला, यतिसम्म घटना अगाडि बढीसक्दा पनि लिम्बुवान आन्दोलनले जातीय विद्रोहको रूप लिएन । हुनसक्छ लोकगणतान्त्रिक नेपाल सरकारले लिम्बुवान आन्दोलनलाई कमजोर ठानिरहेको होला । तर हामी भन्छौ, “हामीलाई जिस्क्याउने नगरियोस्, हामी त कोसोभो र कार्गिलमा लडेर वीरता कमाउने जाति हौं । भोलि अर्को विद्रोह जन्मन सक्छ, अर्को एउटा आगो बल्नेछ् त्यो आगोले शासकहरू बल्न सक्छन् । हो ! त्यतिखेर देशमा ठूलो दुर्घटना हुन सक्छ, जसले अहिले भइरहेको आन्दोलनको स्वरूप परिवर्तन भई भयानक रूप धारण गर्दछ ।

लिम्बुवान प्राप्तिको आन्दोलनमा घरबार सबै त्यागेर हिड्ने धेरै कार्यकर्ताहरू काङसोरेको सम्झना स्वरूप अरुण नदिको पानी छोएर, सुम्हात्लुङ आम्बेपजोमामा धनुर्धारी हाम्रा वीर पुर्खाहरूलाई स्मरण गर्दै जसरी भए पनि लिम्बुवान राज्य प्राप्त गरेरै छाड्ने सपथ खाएका छन् ।

कतिपय साथीहरू त आक्रोशले तत्कालै विद्रोहको बाटो लाग्नुपर्ने कुरा गर्दछन् । अर्को पक्ष साथीहरू “ऐतिहासिक पृष्ठभुमिको आधारमा, आत्मनिर्णयको अधिकारसहितको स्वायत्त लिम्बुवान गणराज्य स्थापनार्थ” शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्नुपर्ने भन्दछन् ।

यस्ता धेरै बिचारहरूको, आवाजहरूको कदर गर्दै मुक्सामले लिम्बुवान राज्य प्राप्तिको लागि शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्नुपर्ने यति गर्दा पनि भएन भने जस्तोसुकै चुनौतीहरूलाई सामना गरेर भए पनि लिम्बुवान राज्य स्थापित गराएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछन् । हो, मैले पनि यहि बिचारको कदर गरेर पाहाङको साथ छोडेको थिए ।

कस्टका साथ पाहाङले नै लिम्बुवानका गाउँ गाउँहरूमा घुमेर, डुलेर लिम्बुवानको आन्दोलनमा धेरै मान्छेहरूलाई सामेल गराएको थियो । उसकै कारणले संकटकालमा बिर्तामोडमा भएको लिम्बुवान भेलामा मैले पनि सामेल हुने मौका पाएको थिएँ । पछिल्लो समयमा पनि पाहाङको आग्रहमा लिम्बुवान संगठनमा प्रवेश गरेको थिएँ । तर संगठनमा साथी, आमाबुबा, दाजुभाइ भनेर नहुँदो रहेछ । आखिर मैले पाहाङको प्रस्तावलाई स्वीकार गर्न सकिनँ ।

म मनमनै कल्पना गर्छु “लिम्बुवान संगठनमा धेरै भाइरसहरू प्रवेश भइसकेछन् । संगठन भित्रका अन्तद्वन्द्वहरूलाई संगठनमा नै रहेर समाधान गर्ने प्रयास गरेमा तमोर, काबेली, अरुण, हेवा, मेवा, मिक्वाखोलाजस्ता नदिहरूबाट लाखौ मेघावाट बिजुली उत्पादन गर्न लिम्बुवानबासीहरूलाई नै छिटो हुन्थ्यो । अनि यहाँ उत्पादित नगदेबाली एबम खाद्यबालीहरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो मोल पाउन सक्थ्यो । सम्पूर्ण लिम्बुवानवासी जनताहरू हरेक कुरामा अन्तर्राष्ट्रियसँग प्रतिस्पर्धा गर्न सक्षम हुने थिए । यहाँ सिरिजंङगा, काङसोरेहरूको सपना साकार हुने थियो अनि सबै जातजातिहरूहरू हाँसी खुशी लिम्बुवानमा रमाउने थिए ।

पाहाङको हितैषी हुनुको कारणले आफ्नो जिद्दी त्याग्नको लागि पाहाङलाई आग्रह गरेँ । तर उ क्रान्ति क्रान्तिबाहेक केही सोच्न र बोल्न नचाहने भइसकेको थियो ।

मुक्सामको कुराले प्रभाव पार्न सक्छ कि भनेर म लगायत धेरै साथीहरूले पाहाङको बिचार, विषयमा गम्भीर हुन मुक्सामलाई आग्रह गर्यौ ।

मुक्सामले पनि पाहाङलाई लिम्बुवान प्राप्तिको लागि फुटेर होइन जुटेर अगाडि बढेमा लक्ष्यमा छिटो पुग्न सकिने सल्लाह दिनुभयो । तर यी सब प्रयासहरू असफल भए । लिम्बुवान संगठनलाई टुक्र्र्याउने षड्यन्त्रकारीहरू सफल भए ।

आफ्ना श्रीमती, छोराछोरी, आफ्नो श्रीमान, बालबच्चा, जागीर आदि छोडेर लिम्बुवान राजनीतिमा होमिएकाहरू पाहाङको यो कदमले निराश हुन बाध्य भए । फेरि तत्कालै सम्हालिएर एकजना पाहाङले बाटो बिरायो भन्दैमा सबैले बाटो बिराउनु हुंदैन भनेर संगठनमा झन संगठित हुन थाले ।

लिम्बुवानलाई माया गरेर देशविदेशबाट हजारौ हजार युबा युवती, बृद्धबृद्धासमेत लिम्बुवानी संगठनमा संगठित हुन थाले । कतिपय स्वार्थी मान्छेहरूले संगठनको नाममा चन्दा आतंक मच्चाउन सफल भए, घरबार जोडे अनि संगठनलाई बदनाम गर्ने प्रयासहरू गरिरहे । तर यस्ता सबै कमिकमजोरीहरूलाई सुधार गर्दै अगाडि बढनु जरुरी थियो । फलस्वरूप कति साथीहरू छुटे, कहाँ पुगे त्यसको लेखाजोखा गर्न आवश्यक पनि छैन तर पनि कतिपय कुराहरू बिर्सन चाहेर पनि बिर्सन सकिन्न रहेछ । जति बिर्सन खोज्यो उति याद आलो बनेर आउँछ । साँच्ची म तान्छोमालाई कहिल्यै बिर्सन सक्दिनँ ।

थेप्चो नाक, चिम्सो आँखा, गहँुगोरी, लामो कपाल, चटक्क मिलेको शरीर, अझ सुन्तलाको केस्रा जस्ता ओठ अनि पंक्तिबद्ध मिलेको दाँतले उनी अप्सराजस्तै देखिन्थिन् । उनीसँगको पहिलो भेटमा नै म मोहित भइसकेको थिएं । तर हामी बिचमा संगठनको जिम्मेवारी थियो जसलाई लत्याएर अगाडि बढन हाम्रो नैतिकताले दिदैनथ्यो ।

ख्यालख्यालैमा हामी एकअर्काबिना बांच्न नसक्ने भइसकेका थियौ तान्छोमा र मेरो भेट लिम्बुवान बन्दको एक कार्यक्रममा भएको थियो । त्यतिखेर मलाई थाहा भयो कि, तान्छोमा एक निडर नारी थिइन्, उनी पुलिस, सशस्त्रको अगाडि शिर झुकाउन चाहन्थिइन् । त्यो दिन बन्द कार्यक्रमले निक्कै उग्र रूप लिन थालिसकेको थियो । संयमता अपनाउन आग्रह गर्दा गर्दै पनि संगठनलाई बदनाम गराउन चाहने केही अराजक ब्यक्तिहरूले सशस्त्र माथी ढुंगा प्रहार गरेछन् । सशस्त्रहरूको लागि त निहुँ पाउनु थियो, निहुँ पाएपछि अश्रुग्याँस प्रहार गरि जथाभावी लठ्ठीचार्ज गर्न थाले । कति साथीहरू भागाभाग भए । तर साहसी साथीहरू कति पनि बिचलित नभई तिनिहरूसँग मुकाबिला गरिरहेका थिए । म पनि यहि भिडमा लडदै थिएं । एक्कासी मेरो टाउको फुटनेगरी हिर्काइएछ । त्यसपछि मलाई त केही थाहा भएन ।

जब मेरो होश खुल्यो तब अस्पतालको बेडमा म, तान्छोमा लगायत छ, सात जना घाईते साथीहरूको उपचार भइरहेको थियो । तान्छोमा र म चाहिँ गम्भीर घाइते भएको हुनाले थप एक महिनासम्म अस्पतालमा नै बस्नुपर्ने भयो । यहि समयदेखि हामी एक अर्कामा आकर्षित भयौ । तर उनी र म बिच गाँसिएको सम्बन्धले चरमबिन्दुमा पुग्न नपाउदै हामी नदिका दुई किनार झैँ भएका छौ ।

हुन त म उनिलाई हदै माया गर्छु र गरिरहनेछु । त्यसैगरी उनी पनि मलाई उतिकै माया गर्छिन् । तर हाम्रो मायामा मुख्य बाधक बिचारको भिन्नता हुन पुग्यो । मलाई अचम्म लाग्छ कसरी उ क्रान्तिको बाटो रोज्न पुगि ?

मैले तान्छोमालाई धेरै सम्झाउने कोशिस गरें । मैले भने आखिर बैचारिक क्रान्ति हामी पनि गरिरहेका छौ । सशस्त्र क्रान्ति गर्ने बेला भइसकेको छैन, यदि त्यो समय आएमा म पनि त क्रान्तिमा होमिन्छु नि । तर तान्छोमा मेरो बिचारलाई समर्थन गर्न सक्दिनन् । म पनि त उनको बिचारमा सहमत हुन सक्दिनँ ।

तान्छोमाको लागि सारा लिम्बुवानबासीको चाहानालाई लत्याउन चाहन्न । मुटुमाथी ढुंगा राखेर पनि मैले लिम्बुवान प्राप्तिको लागि हाँस्न आवश्यक छ । भुमिको मायामा तान्छोमाको माया कमजोर हुँदै गईरहेको छ, थोरै हुँदै गइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...