झापा – लिम्बू कथानक चलचित्र ‘के’ झापा केरखामा बिशेश प्रदर्शन भएको छ । शनिबार केरखास्थित धर्मभक्त वामिको सभाहलमा भएको हो । संघीयवादी नेता कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा चलचित्र निर्देशक अशोक चेम्जोङ, वरिष्ठ सञ्चारकर्मी दिलकुमार लावती, युवा नेता राजु राइ, चलचित्र के का लेखक/निर्देशक तथा निर्माता सागर केरुङ लगायतको उपस्थिति रहेको थियो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र के मा निर्माता टाइसन केरुङ, प्रस्तुतकर्ता बुद्दराज इङ्वा, गीत/संगीत प्रेम पन्धाक, स्वर सुनिता सुब्बा, छायांकन सन्जय आचार्य, सम्पादन अनिल महर्जन र कलाकारहरु चलचित्रमा मधु केरुङ,बबिता फोम्बो,रुपा आङबुहाङ,प्रेम ओझा,मनकुमार केरुङ,सुक्मिता केरुङ,सुदर्शन थेबे RK, कमल घिमीरे,अप्सरा नेउपाने,संघर्ष खतिवडा,संगीता लावती,दिपक खनाल लगायत रहेका छन । उक्त चलचित्रले हालसम्म उत्कृष्ट आदिवासी चलचित्र एवार्ड २०७६, एफ एल एफ अवार्ड २०२०, ज्योमो गान अवार्ड २०१९ थाइल्यान्ड, जुरि अवार्ड एफएल एफ २०२१, बेस्ट स्टोरी अवार्ड २०२१ अमेरिका लगायत हालसम्ममा धेरै अवार्ड जित्ने पहिलो लिम्बू चलचित्र समेत बनेका छन । अमेरिका, युके, हङ्कङ, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड र नेपालमा काठमाडौ, पोखरा, पान्थर पश्चात झापा गरिएको हो । के चलचित्र पुर्व लिम्बुवानको सबै जिल्लामा प्रदर्शन हुन लागेको निर्देशक केरुङ्ले बताए ।
भिडियो हेर्नुस् –https://youtu.be/pmV0DiHO9iM
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।