लिम्बू जातिहरुको चलचित्र 'के' को फिदिममा बिशेश प्रदर्शन - Naya Online

लिम्बू जातिहरुको चलचित्र ‘के’ को फिदिममा बिशेश प्रदर्शन

पाँचथर – लिम्बू कथानक चलचित्र ‘के’ को फिदिम पाँचथरमा बिशेश प्रदर्शन भएको छ । विहिबार फिदिमस्थित छाब्दी बरहाही चलचित्र मन्दिरमा भएको हो । प्रदर्शनको समुद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेले के लाई थप सफलताको शुभकामना दिएका थिए । याक्थुङ फिल्मसद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश गैरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख सिएसपि हरि खतिवडा, सशस्त्र प्रहरी बलका सिएसपि आइन्द्रराज नेम्बाङ, जिल्ला न्यायाधिवक्ता, चुम्लुङ केन्द्रिय उपाध्यक्ष चन्द्र आङ्देम्बे लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्रका लेखक/निर्देशक तथा निर्माता सागर केरुङ्ले के चलचित्र निर्माणसंग सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र के मा निर्माता टाइसन केरुङ, प्रस्तुतकर्ता बुद्दराज इङ्वा, गीत/संगीत प्रेम पन्धाक, स्वर सुनिता सुब्बा, छायांकन सन्जय आचार्य, सम्पादन अनिल महर्जन र कलाकारहरु चलचित्रमा मधु केरुङ,बबिता फोम्बो,रुपा आङबुहाङ,प्रेम ओझा,मनकुमार केरुङ,सुक्मिता केरुङ,सुदर्शन थेबे RK, कमल घिमीरे,अप्सरा नेउपाने,संघर्ष खतिवडा,संगीता लावती,दिपक खनाल लगायत रहेका छन । उक्त चलचित्रले हालसम्म उत्कृष्ट आदिवासी चलचित्र एवार्ड २०७६, एफ एल एफ अवार्ड २०२०, ज्योमो गान अवार्ड २०१९ थाइल्यान्ड, जुरि अवार्ड एफएल एफ २०२१, बेस्ट स्टोरी अवार्ड २०२१ अमेरिका लगायत हालसम्ममा धेरै अवार्ड जित्ने पहिलो लिम्बू चलचित्र समेत बनेका छन ।
भिडियो हेर्नुस् –

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...