पाँचथर – मुक्कुम्लुङ अतिक्रमण विरुद्ध यातायात बन्द आव्हान गरिएको छ । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिती र जिल्ला कार्यसमिती पान्थरले संयुक्तरुपमा आव्हान गरिएको हो । शनिबार जारी बिज्ञप्तीद्वारा बन्दको आव्हान गरिएको हो ।
प्रेस बिज्ञप्तीको पुर्ण पाठ –
‘मुक्कुमलुङ माथिको अतिक्रमण बन्द गरियोस्’
प्रेस विज्ञप्ती
याक्थुङ/लिम्बुहरुको पविक्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुमलुङ युमा माङ देवस्थललाई राज्यसत्ता र शत्तिको आडमा अतिक्रमण गरी पाथिभरा देवी बनाइ हिन्दूहरुको प्रसिद्ध धार्मिक स्थल भनी कुप्रचार गरिएको बिरुद्धमा विगत दुई वर्षदेखि मौलिक नाम मुक्कुमलुङ पुनःस्थापित गर्नुपर्ने लगायतका माग राखी आन्दोलनरत रहेको कुरा सबैमा जगजाहेरै छ । यस सम्बन्धमा सम्बन्धित पक्षले माग सुनुवाई गर्नुको सट्टा ताप्लेजुङ जिल्लास्थित केही सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्वारा मिति २०७९ असोज ११ देखि १३ गतेसम्म कथित पाथिभरा म्याराथन तथा पर्यटन महोत्सव–२०७९ आयोजना गर्न लागिएकोमा हाम्रो गम्भिर आपक्ति रहेको छ ।
यो क्षेत्र रैथाने याक्थुङ समुदायको शत्तिपुञ्ज, आध्यात्मिक तथा पवित्र भूमी ९कबअचभम कष्तभ० हो । ऐतिहासिक नाम मुक्कुमलुङ पुनःस्थापना गर्न सर्वोच्च अदालतमा समेत रिट निवेदन परी मुद्दा विचाराधीन रहेको अवस्था छ ।
नेपालको राज्यसत्ता जहिले एकल, नश्लीय र औपनिवेशिक चरित्रको रहीआएको छ । राज्य समावेशी, सहभागिमूलक र साझा चरित्रको हुनुपर्दछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भइसक्दा पनि राज्यको हिजोकै पुरातन चिन्तन र व्यवहार कायम छ । आइन्दा यस्ता अतिक्रमण र आन्तरिक औपनिवेशिकरण बन्द गरिनुपर्छ । सबै खाले थिचोमिचो र विभेद अन्त्य गरिनुपर्छ । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ, अब उप्रान्त यस किसिमका साँस्कृतिक संहार वा जेनोसाइड कुनै पनि मानेमा सह्य हुन सक्दैन । सक्ता र शत्तिको आडमा विकासको नाममा, पर्यटन प्रवर्द्धनको नाममा, अर्थोपार्जनको नाममा मुक्कुमलुङ नाम विस्थापित गरी पाथिभरा देवी र हिन्दू धार्मिक स्थल बनाउने कार्य जातीय तथा साँस्कृतिक जेनोसाइड हो ।
नेपालको संविधान (२०७२), मानवअधिकार, सामाजिक साँस्कृतिक अधिकार, आइएलओ १६९, आदिवासी जनजाति अधिकार सम्बन्धी युएन घोषणापत्र लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, अभिसन्धी तथा घोषणापत्र समेतले आदिवासी रैथाने समुदायको निर्वाध साँस्कृतिक अधिकार उपभोगको सुनिश्चितता गरेको छ । यी राष्ट्रिय तथा अन्तर्राट्रिय कानूनलाई अक्षरस् पक्ष राष्ट्रको हैसियतले नेपाल सरकारले पालना गर्नुपर्छ । मुक्कुमलुङको सम्बन्धमा उठेका आवाजको सुनुवाई गर्नुको साटो राज्यको स्थानीय प्रशासनले धम्किपूर्ण विज्ञप्ती निकाल्नु निन्दनीय मात्र होइन नश्लीय राज्यसत्ताको पक्षपोषण हो । यसले सामाजिक सद्भाव र साहिष्णुतामा आँच पुर्याउँछ ।
त्यसकारण, तथाकथित पाथिभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ मा कोही पनि सहभागी नभई बहिष्कार गर्न तमाम खेलप्रेमी र आम समुदायलाई आव्हान गर्दछौं र सो को बिरुद्धमा मिति २०७९ असोज ९ गतेदेखि १३ गतेसम्म ताप्लेजुङ बन्द घोषणा गरिएकोमा हाम्रो पूर्ण सहयोग र ऐक्यबद्धता रहेको छ । त्यसैले ऊक्त बन्द कार्यत्रम अवधिभर पाँचथरबाट र पाँचथरहुँदै ताप्लेजुङ रुटमा चल्ने यातायातका साधनहरु नचलाई बन्द गरेर साथ र सहयोग गर्न हुन तमाम यातायात व्यवसायी तथा आम सर्वसाधारण नागरिकहरुमा यसै विज्ञप्तीमार्फत आव्हान गर्दछौं । यो आग्रहलाई बेवास्ता गरी उल्लंघन गरेको खण्डमा यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयंले लिनुपर्नेछ । यसबाट पर्न गएको असुविधाप्रति दुःख प्रकट गर्दछौं । जय मुक्कुमलुङ ।
मधुराज केरुङ
(अध्यक्ष)
किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति
महेन्द्र कुमार आङ्देम्बे
(अध्यक्ष)
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।