पाँचथर – नेपाली कथानक चलचित्र ‘परप्रेम’ को शनिबार बिशेश प्रदर्शन भएको छ । पाँचथर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दीरमा दिउँसो १२ बजे देखि प्रदर्शन भएको हो । आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्रकर्मी सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ्का वरिष्ठ जिल्ला उपाध्यक्ष सुरेन शिशिर केरुङ, उक्त चलचित्रका निर्देशक रतन मिता लगायतको उपस्थिति रहेको थियो । बिएसबि इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्रमा लेखक/निर्देशक रतन मिता, छायांकन/सम्पादन सन्तोष राना मगर, गीत सुमित्रा वाङ्देल चेली, स्वर प्रणामी पुस्पा, शृङगार अमृता जबेगु, निर्माताहरु नवीन सुहाङ, छत्र योङ्हाङ, पदम कुँवर रहेकाछन भने कलाकारहरु राजु खरेल, अमृता जबेगु, नवीन सुहाङ, साम्योक सिगु, गजेन्द्र खतिवडा, ज्ञानु श्रेष्ठ, रुद्र दिक्षित गौतम, प्रकाश क्षितिज भट्टराई, रतन सिगु, मायादेवी सिटौला, प्रणामी पुस्पा, सुस्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।