पाँचथर – लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हालुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द/संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, निर्माता सागर केरुङ, प्रकाश ब्यवस्थापन टिराम अधिकारी र शृङ्गार अमृता जबेगुको रहेको छ ।
भिडियोमा नुनाम केरुङ, अमृता जबेगु, रामचन्द्र नेम्बाङ लगायतले अभिनय गरेका छन । उक्त गीतलाइ एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।
भिडियो लिङ्क हेर्नुहोस –
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।