मेयङलुङ २७ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला कार्यसमिति तेह्रथुमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला स्तरीय बैठकले उक्त नामहरु केन्द्रमा सिफारिस गरेको हो । जिल्लामा सर्वसहमती जुट्न नसकेपछी उम्मेदवारको नाम केन्द्रलाइ टुंगो लगाउन सिफारिस गरेको हो ।
गत ७४ सालको निर्वाचनमा तेह्रथुमको तेस्रो पार्टी बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यसपटक भने राम्रै प्रभाव कायम गर्ने अनुमान गरिएको छ । तेह्रथुममा यसभन्दा अघि नेकपा एमालेले जितेको थियो । यसपटक भने गठबन्धन दल, कम्युनिस्ट र पहिचानवादी दलको त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फबाट, सेसेहाङ हुक्पा चोङबाङ, विजय निङलेकु, संकर खेवा समानुपातीक तर्फ कुमार संकर निर्वाचन क्षेत्र क प्रत्यक्षतर्फ देवी नारायण सम्बाहाङ्फे र दिल पाक्सावा समानूपातीक तर्फ योगेन्द्र सावा र इन्दु आङ्खेवा सम्बाहाङ्फे निर्वाचन क्षेत्र ख प्रत्यक्ष तर्फ तिलविक्रम हुक्पा चोङबाङ र विकास इङनाम समानुपातीक तर्फ सुष्मा कन्दङवा सुबास लुम्फुङवा र राम इङनाम लाई सिफारिस गरिएको जिल्ला कार्यसमिति तेह्रथुमका बरिष्ठ उपाध्यक्ष राजकुमार खापुङले जानकारी गराए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।