कियाचु वडा महिला समूहमा पवित्र तेयुङ् लावती - Naya Online

कियाचु वडा महिला समूहमा पवित्र तेयुङ् लावती

झापा, २७ भदौ । किरात याक्थुङ् चुम्लुङ् विर्तामोड वडा नं. ५ को वडा महिला समूहको भदौ २५ गते शनिवार विर्तामोड–५ मा सम्पन्न चौथो साधारण सभाद्वारा नव कार्य समितिको अध्यक्षमा पवित्र तेयुङ् लावती चुनिएकी छिन् ।

किरात याक्थुङ् चुम्लुङ् विर्तामोड नगर शाखा सदस्य भिमा नेम्बाङ् कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले विर्तामोड नगरपालिका वडा नं. ५ का कियाचु वडा महिला समूहको नव कार्य कार्य समिति चयन गर्दै समापन भएको जनाइएको छ । सभाले लावतीको नेतृत्वमा १३ सदस्यीय महिला समूह चयन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भिमा केरुङ् लिङ्देन, देशमाया बेघा लोवा, नितु नेम्बाङ् फागो र रञ्जना नेम्बाङ् कुरुम्बाङ् चयन भएका छन् भने सदस्यहरुमा शान्ता लावती सेर्मा, विष्णुमाया काम्बाङ् मेन्याङ्वो, कमला राखाल लिङ्देन, परिमला इङ्नाम थलङ्, कुमारी नेम्बाङ् सेन्दाङ्, सुष्मा फेदापे, कविता लिङ्देन र कुसुम राई मेन्याङ्वो चयन भएका छन् ।

कियाचु वडा महिला समूहको चौथो साधारण सभामा प्रमुख अतिथि भिमा नेम्बाङ कन्दङ्वा, सल्लाहकार तिलबहादुर सिगु लगायतका महानुभावहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कियाचु महिला समूहकी अध्यक्ष पवित्र तेयुङ् लावतीको सभापतित्वमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष रन्जना नेम्बाङ कुरुम्बाङले ११ लाख २२ हजार २ सय बरावरको आय व्यय प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन समूहकी सल्लाहकार तथा पूर्व उपाध्यक्ष गङ्गादेवी कन्दङ्दङ्वाले गरेकी थिइन् ।

यस समूहलाई सदैव सल्लाह, सुझाव दिँदै आउनुभएका व्यक्तित्वहरू तिलबहादुर सिगु, स्वर्ण लोवा र गङ्गादेवी कन्दङ्वा काम्बाङलाई सल्लाहकारमा पुनः सभाले मनोनयन गरेको छ ।

विर्तामोड नगरपालिका वडा नं. ५ को इन्द्रेणी टोलमा किरात याक्थुङ् चुम्लुङ्लाई विशेष रुपमा सर सहयोग गर्दै आफ्नो लिम्बु भाषा लिपि, भेषभुषा, केलाःङ्, या?लाङको संरक्षण, संबर्द्धन गर्दै आफ्ना समुदायलाई प्रशिक्षित गर्दै जाने मूल उद्धेश्य राखी महिला समूह गठन भई विगत वर्षदेखिनै यो समूह क्रियाशिल रहँदै आएको छ । स्थानीय स्रोत र साधन परिचालन गरेर आगामी दिनदेखि लिम्बु भाषा, लिपि अनौपचारिक कक्षा सञ्चालन गर्ने समेत साधारण सभाले पारित गरेको कुरा जनाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...