दार्चुलामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु, ११ जनाको उद्दार - Naya Online

दार्चुलामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु, ११ जनाको उद्दार

दार्चुला, २५ भदौ । अविरल वर्षाका कारण शुक्रबार राति दार्चुलाका बिभिन्न स्थानमा आएको पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी घाइते भएका ८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल दार्चुलामा लगिएको छ ।

उक्त बाढी पहिरोमा परी मृत्यु हुनेहरुमा दार्चुला महाकाली नगरपालिका–२ मुल्ला मोड बस्ने ७७ वर्षीय नन्दराम बोहोरा, नौगाड गाउँपालिका–२ दल्लेख बस्ने ६८ वर्षीय मोहन राम पार्की, महाकाली नगरपालिका–३ बस्ने ३५ वर्षीया मानमती कार्की, नौगाड गाउँपालिका–१ सल्ला बस्ने ३२ वर्षीया जानकी ठगुन्ना र सोही ठाउँ बस्ने १५ वर्षीया धनुली ठगुन्ना रहेका छन् ।

बाढी पहिरोबाट केही घर र पुलमा आंशिक क्षति भएको छ । साथै से.१ ज २९३ नम्बरको बोलेरो जिप, से.१ ज ६८३ नम्बरको बोलेरो जिप, से.१ ज ९८२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च ३०८७ नम्बरको अल्टो कार, म.१ च ४२२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च २६७६ नम्बरको बोलेरो जिप र सु.प.प्र.०१००१ त १४३७ नम्बरको ट्याक्टर बगाई वेपत्ता भएका छन् भने क्रेसर मेसिन १ थान र जेसिबि १ थान पूर्णरुपमा क्षति भएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा नजिकको प्रहरी कार्यालयहरूबाट प्रहरी परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...