झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।
झापाको दमकस्थीत एजसी होटलमा भएको एकल कविता वाचनलाई याक्थुङ लेखक संघ झापा जिल्ला कार्य समितिले आयोजना गरेको हो ।
कार्यक्रममा यालेस केन्द्रिय अध्यक्ष प्रकाश थाम्सुहाङ, यालेस झापा अध्यक्ष मौलश्री लिम्बु, सचिव आशिष नेम्बाङ, कोषाध्यक्ष रचना लावती, कवि दिलिप सगर राई, हरि पराजुली, निहाङ किरात, विराट किरातीलगायतको उपस्थिति थियो ।
कविता सुनेर कवि हाङयुग अज्ञातले काइँलाका कवितामाथि टिप्पणी गरेका थिए ।
कवि वियोगी काइँलाको निलो सपना कविता सङ्ग्रह प्रकाशित छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।


