काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत र स्वरमा तयार भएको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत शुक्रबारदेखि विन्दवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
दुःख जीवनको स्थायी सत्य हो । त्यसैले यसबाट भाग्ने होइन यसलाई सामना गर्नुपर्छ र यसका लागि उँचो आत्मबल र धैर्यताको सर्जाम जुटाउँदै जानुपर्छ भन्ने आशय बोकेको यो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् भने लिरिकल भिडियो मनोजरत्न शाहीले तयार पारेका छन् । प्रकाश मिश्रको मिक्सिङ रहेको यो गीत अकोस्ट्रीक एच.डी.नेपाल नक्सालमा रेकर्डिङ भएको हो ।
यस गीतका रचनाकार विष्णु आचार्य ‘अतृप्त’को कविता सङ्ग्रह ‘घर फर्कने तिर्खा’ केही समय अघि बजारमा आएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।