लिम्बु भाषा अध्ययन गर्ने छात्र, छात्राहरूलाई शैक्षिक सामग्री वितरण - Naya Online

लिम्बु भाषा अध्ययन गर्ने छात्र, छात्राहरूलाई शैक्षिक सामग्री वितरण

झापा, २० भदौ । दमक नगरपालिका वडा नं. ७ मा रहेको श्री पृथ्वी माविमा ऐच्छिक लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको मनोवल उच्च बनाउन प्रोत्साहन गर्नको निमित्त किरात याक्थुङ् चुम्लुङ्को ३४ औं स्थापना दिवसको पावन अवसरमा शैक्षिक सामग्री बाँडिएको हो ।

शैक्षिक सामग्री लिम्बु भाषा अध्ययन गरिरहेका ९० जना विद्यार्थी छात्र, छात्राहरूलाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्का पुर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार समाजेवी धिरेन लावती, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, दमक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, पृथ्वी मा.वि.का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले शैक्षिक सामग्री र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी से–नाल्वोद्वारा लिखित लिम्बु भाषा वर्णमाला संयुक्त रूपमा वितरण गरिएको जानकारी प्राप्त भएको छ ।

किरात याक्थुङ् चुम्लुङ झापा शाखा, कियाचु दमक नगर शाखा र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ झापाद्वारा संयोजन र आयोजना गरिएको सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि धिरेन लावती, विशिष्ठ अतिथि वडाअध्यक्ष भिमप्रसाद पौडेल, अतिथि इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, याक्थुङ् लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङ्सेन पन्धाक, पृथ्वी मा.वि.का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले लिम्बु भाषाको अध्ययनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तीमा बल पुग्ने कुरामा जोड दिँदै स्थानीय सरकार, विद्यालय र अभिभावक मिलेर विद्यालयमा लिम्बु भाषा लगायत अन्य भाषालाई समेत यसरी अध्ययन गराउँदै जाने वातावरण निर्माण गर्न सके जातिय सद्भाव, भाषिक सद्भाव र मेलमिलाव बढ्दै जानेछ भन्ने कुरामा जोड दिएका थिए । भाषा कसैको पेवा नुहने कुरा प्रष्ट पार्नुहुँदै वहाँहरूले विभिन्न अवसर पारेर संघ–संस्थाले शैक्षिक लगायत अन्य विविध कुरामा विद्यालयलाई र पढ्ने विद्यार्थीहरूलाई यसरी प्रोत्साहन गर्दै लैजान सके निश्चय पनि भाषाको विकास हुँदै जाने कुरामा जोड दिए ।

पृथ्वी मा.वि. मा कार्यरत लिम्बु भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले पृथ्वी मा.वि. मा लिम्बु भाषा अध्ययन र विद्यार्थीहरूको चासोका विषयहरूको सन्दर्भमा प्रष्ट्याउनुभएको थियो भने कवि साङ्सेन पन्धाकले विद्यार्थीहरूलाई प्रोत्साहित गराउने ज्ञानगुण र सन्देशमुलक गजल र रुवाई पस्किएका थिए ।

कार्यक्रममा कार्यक्रम आयोजन र संयोजन संस्था किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाक लिम्बु, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी सेनाल्वो, सचिव रचना लावतीको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष होमकुमार थापाले गरेका थिए ।

पृथ्वी मा.वि.को सभाहलमा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रम पत्रकार डिल्लीश्वर मुसाहाङ् लिम्बुले सञ्चालन गरेका थिए ।
फोटोः देवेन्द्र चेम्जोङ, अध्यक्ष, कियाचु दमक नगर समिति

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...