महान्यायधिवक्ता झासहित सयौँ जसपा प्रवेश - Naya Online

महान्यायधिवक्ता झासहित सयौँ जसपा प्रवेश

महोत्तरी, १९ भदौ । मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरूले झा सहितका कार्यकर्तालाई माला लगाएर शनिबार पार्टी प्रवेश गराएका हुन् ।

सक्रिय राजनीतिमा लाग्ने मनसायका साथ महान्यायधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका झाले
जनता समाजवादी पार्टी, नेपालबाट राजनीतिलाई अगाडि बढाउन चाहनु मधेश र मधेशी समुदायका लागि मात्र नभइ नेपाली राजनीतिको लागि समेत सुखद संकेत भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. सुरेन्द्र यादव, केन्द्रीय नेताहरू, प्रदेश तथा स्थानीय तहका नेताकार्यकर्ताहरूको उपस्थिति थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...