काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।
शनिबार याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । सागर केरुङ्को शब्द र नरेश वनेम फागोको लय संकलन तथा निर्देशन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन् ।
कृष्ण थलङ्को छायांकन, झरना लिम्बुको शृङ्गार र मोनि ताम्लिङ्को एरेन्ज रहेको पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन् ।
भिडियोमा लक्ष्मी योङ्हाङ, डिआर हाङ्सरुम्बा, निरन्ता नेम्बाङ, जेपि नेम्बाङ, रिया कन्दङ्वा, नितुरानी नेम्बाङ, गोमा लिम्बू, यादन सेर्मा, सम्भु फोम्बो र नरेश वनेमले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् –
https://youtu.be/r9aL-JcpuAc
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।