तेह्रथुम, १८ भदौं । लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले ३४ औ स्थापना दिबस शुभकामना आदान प्रदान एवं छात्रवृद्धि वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
तेह्रथुमको मेयङलुङ बजारमा रहेको उद्योग वाणीज्य संघको सभाहलमा भएको कार्यक्रममा कियाचु कल्याण कोष ईजरायलबाट सरस्वती आधाभुत विद्यालयका छात्रा रेनुका आपागाई र सिहबाहिनी आधारभुत विद्यालयका छात्र सम्झना लिम्बुले १०÷१० हजार रुपैयाँ छात्रवृत्ति पुरस्कार पाएका छन् । यस्तै कियाचु सहयोकाषबाट महेन्द्र माबि आठराई २ का छात्रा सम्झना लिम्बू र सिहदेबी माबि लालीगुराँस नगर पालिका ६ सुङनाम मंगलबारेका छात्र गंगाप्रसाद सेनेले ५ ÷५ हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभएको छ भने देवीबहादुर आङबुङ स्मृतिकोषबाट त्रिमोहन माविका छात्र रोशन ईङनामले १० हजार प्राप्त गरेका छन् । यसरी नै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति सहित्य पुरस्कार यस वर्ष लिम्बू गायिका डेनी इम्सङले नगद रू ३० हजार ५ रूपैया प्रप्त गरेकी छिन् ।
चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा स्थानीय तह २०७९ मार्फत निर्वाचीत जनप्रतिनिधि चुम्लुङका पूर्ब सल्लाहका तथा मेयङलुङ नगर पालीकाको नगर प्रमुख सन्जय कुमार तुम्बाहाफे, पुर्व जिल्ला सदस्य तथा छथर गाउपालिका अध्यक्ष सन्तोस तिगेला, चुम्लुङ सल्हकार तथा आठराई गाउपालिका वडा न १ का वडा अध्यक्ष प्रेमराज फोम्बो छथर चुम्लुङ एकाई समितीका अध्यक्ष तथा छथर गाउँपालिका वाड न ५ का वडा अध्यक्ष थानाहाङ तिगेलालाई खादा र सम्मान पत्रले सम्मान गरिएको छ ।
सभ्य र भव्य रूपमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी मेयर संजय तुम्बाहाङ्फेले चुम्लुङ्को हरेक अभियानमा नगरपालिकाले सहयोग गर्ने वचन वद्वता व्यक्त गर्नु भयो । त्यसैगरी विशेष अतिथि मुटुरोग विशेषज्ञ डा. युवराज तेयुङले पहिचान, अस्तित्व र भाषाप्रति चुम्लुङ बृहत बनेर अघि बढ्नुपर्ने बताए । चुम्लुङ कर्मकाण्डी मात्र नबनेर राजनैतिक अधिकारका निम्ति जस्तोसुकै कुटनैतिक तथा रणनीति अभियानमा लाग्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।
तेयुङले नै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति कोष तेह्रथुम स्थापना गर्नुभएको हो । त्यसैगरी वडा अध्यक्षहरुको तर्फबाट आठराइ गाउपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेमराज फोम्बो, चुम्लुङ कर्मिको तर्फबाट टंकमाया तिगेला, सहकारीका तेजमान कन्दङवा, क्याम्पसको तर्फबाट गोविन्द सोदेम्बा, प्रधानाध्यापकको तर्फबाट भुवान सिं चोङबाङ लगायतले बोलेका थिए ।
स्थापना दिवसको अबसरमा लिम्बू विद्यार्थी मञ्चले नृत्य, कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति सहित्य पुरस्कार बिजेता लिम्बू गायिका डेनी ईम्सोङले गीत र स्थानीय साम थाम्देन थाङबेनले लिम्बुभषाको कविता वाचन गरेर प्रस्तुत गर्नुभएको चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले जानकारी दिए । कार्यक्रम मेयङलुङ नगर पालीकाको प्रमुख सन्जय कुमार तुम्बाहाङफेको प्रमुख आथित्य तथा किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको हो।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।