पोलेको मकै अध्ययन गरेपछि - Naya Online

पोलेको मकै अध्ययन गरेपछि

विक्रम याक्खा

कृतिकारको परिचय अलिकति
चन्द्रकुमारी राई र बमबहादुर राईबाट दिक्तेल रुपाकोट मझुवागढी नपा– ७ सिर्जानाकुन्ज, खोटाङमा जन्मिएका हुन् श्रीराम राई । साहित्यमा सक्रिय श्रीरामको टोली नेता (बाल कथा सङ्ग्रह २०७४), आजको लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह ,२०७४) र पोलेको मकै (बाल कथा सङ्ग्रह २०७८) प्रकाशित भएका छन् ।

साहित्यसेवामा सक्रिय भएवापत श्रीराम राईले इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान २०७६ र संशाक भवानी–शङ्खर लघुकथा सम्मान २०७६ पाएका छन् ।

पुस्तकबारे
उनका कृतिहरुमध्ये पोलेको मकै अध्ययन गरेपछि मन लागेको टिप्पणी यसरी उतारेको छु ।

श्रीराम राई मैले बुझ्दा र जान्दा उनी एक सफल गीतकार लघुकथाकार पेशाले शिक्षक तथा पत्रकार पनि हुन भने त्योभन्दा राम्रो समग्र र एकै शब्दमा बोल्नुपर्दा उनी एक राम्रो र स्थापित सर्जक साहित्यकार हुन् । उनी साहित्यका हरेक बिधामा कलम चलाउन साङ्गो पाङ्गो मिलाएर माहिर र पारङ्गत छन् ।यसै मध्यमा उनै सर्जक श्रीराम राई ज्युका यो बाल कथा सङ्ग्रह पोलेको मकैको बारेमा चर्चा गर्नु गैइरहेको छु ।

यो बालकथा सङ्ग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाई, बुबाको एसएमएस गरी ७ वटा कथाहरू छन् ।

सम्पुर्ण बाल कथाहरू विशेषगरेर बालबालिका र अभिभावकहरुमा लक्ष्यित गरेर लेखिएको छ । जुन बाल मनोविज्ञानमा केन्द्रित हुदै नै बैज्ञानिक हिसाबले नै नयाँ तरिका हरेक कुरालाई विभिन्न दैनिक रूपमा गरिने विद्यालय घर, बगैचा, बोलीचाली, भ्रमण वा उसलाई गरिने व्यावहारहरुबाट कसरी सकारात्मक बनाउन सकिन्छ ? उनीहरु काचो माटो हुन्, कुन हिसाबले सकारात्मक सोच भर्न सकिन्छ भन्ने कुरा उतारिएको छ । कथामा भएको विभिन्न विषयवस्तु अन्तर्गत लेखिएको कथाहरूले समाधानसहित प्रष्ट पारेको छ । हरेक सात वटा नै कथाहरू उतिकै रोचक र फरक फरक स्वादको रहेको छन् र हरेक कथामा दिएको आकर्षक कथा अनुसारको चित्रले त्यसै सुनमा सुगन्ध भई शब्दचित्रको भूमिका निर्वाह गरेको छ यसैले पनि ‘पोलेको मकै’ एक सफल लघुकथा सङ्ग्रह हो । यो सङ्ग्रहको सम्पादकीय भूमिका गङ्ग्गा कर्मचार्य पौडेलले गर्नुभएको छ भने चित्र राजकुमार प्रजापतीले । पुस्तकको लेआउट मुनु थुलुङले गरेका हुन् ।

सङ्ग्रहभित्र रहेको कथा मुनाको अभियानले भुकम्प के हो यसबाट कसरी बच्न सकिन्छ ? यसबाट बच्न भुकम्प प्रतिरोधक विधिहरु अपनाउन मुनानानीले आह्वान सबैलाई गरेकी छिन् । अर्को कथा बलजितको जुक्तिले– ज्ञान भनेको ठूलो या सानो भएर फरक पर्दैन त्यो त उसको नम्रता जुक्ति र सहयोगी भावनामा पर्दछ भनेर बलजितले भाँडा पसलेलाई सबक सिकाएका छन् ।

सुम्निमाको भ्रमण कथाले बालबालिकालाई किताबी किरो मात्रै बनाउन हुदैन, कतिपय कुराहरु नजिक पुगेर त्यसलाई अन्दाज लगाएर अनुभव गरेर पनि थाहा पाउन सकिन्छ यसैले बालबालिकालाई बाहिरी दुनियाँ र समाजबाट ज्ञान र शिक्षा दिनु पनि अपरिहार्य छ भने कुराको सन्देश दिन खोजिएको छ ।

पुस्तकको शिर्षाकृत कथा ‘पोलेको मकै’ले यस बालकथा सङ्ग्रहको सम्पुर्ण भार बोकेको छ । बाहिरी आवरण चित्र डिजाइन पनि यो नै कथा अनुसारको छ यसमा तीन जना पात्रहरु छन् । प्रज्ञा, चाँदनी र हरी अंकल यो कथामार्फत जङ्गफुड अर्थात् प्याकेजिङ्ग खाना खानु राम्रो हैन जसले रोगहरु निम्त्याउछन्, स्वास्थकर छैनन् र हुदैन पनि । यसैले हामीले आफ्नै खेतबारीमा उब्जेको अर्गानिक खानेकुरा र घरमा नै बनेको खाना खायौं भने स्वाथकर पनि हुन्छ र खर्चको पनि बचत गर्नु सकिन्छ भनेर धेरै मिठो सन्देश बोकेको छ ।

‘फुल फुलून्, चरी उडुन्’ कथाले हरेक बाल बालिकाहरु बगैंचाको फुलजस्तै फुल्न र चरीजस्तै स्वतन्त्र उड्न दिनुपर्छ अनि मात्र सही गन्तव्य र लक्ष्य पहिल्याउन सक्छन् भनेर एक नाम्छी बालिका यस कथाको मुख्य पात्रको भुमिकाबाट सन्देश दिन खोजिएको छ । त्यस्तै पारुको पढाई कथाले बाबु आमा गरिबी र अभाव र अशिक्षित भएको कारण कतिपय बालबालिकाले सहि शिक्षा र दिक्षाको अवसर प्राप्त गर्नुबाट वञ्चित भैइरहेको अबस्था छ । रहर भएर पनि तर उनिहरुलाई निशुःुल्क शिक्षा लिने पाउने नागारिक हक अधिकार सरकारले दिलाएको छ भन्ने ज्ञान छैन यसैले पारुलाई झैं अरुलाई पनि उदार गर्नुपर्ने हुन्छ जानेसुनेका मानिस साथीभाई र अन्य शिक्षित वर्गहरुले भनेर एक प्रकारको शिक्षामा जोड दिदै सकारात्मक सन्देश प्रवाह गरेको छ शिक्षा क्षेत्रमा ।

‘बुबाको एसएमएस’ कथाले माया ममता दिन सक्यो भने सन्तानलाई सहि हिसाबले हेक्का राख्नु सक्यो र उसप्रतिको सुन्दर व्यावहार गर्यो भने सन्तानहरुको लागि आमा र बाबा सम्मान हुनेछन् उतिकै याद र माया गर्नेछन् भने कुराको प्रमाणित यो कथाको मुख्य पात्र नाम्छिहाङले बुबाको एसएमएस कुरेर बसेको त्यो छ्टपटी त्यो निराशा र लामो प्रतीक्षा पछिको एसमएस प्राप्त त्यसपछिको बच्चामा आएको आकास्मतको त्यो खुशीले प्रष्टपार्दै सन्देश दिएको छ ।

समग्रमा कथाहरू एकदमै सुन्दर र अध्ययन गरिरहुँ लाग्ने छन् सबै उतिकै उत्सुकता थप्दै जाने बेजोड कल्पना शक्तिसहित खारिएको शब्द शिल्प भरेका छन् । यसैले पनि यो बालकथा सङ्ग्रह आफैंम उत्कृष्ट छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

सांस्कृतिक अतिक्रमण र झुठको खेती

दिलेन्द्र कुरुम्बाङ पूर्व सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि साँस्कृतिक अतिक्रमणको...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

युवा शक्ति परिवर्तनका संवाहक

लक्ष्मण कटुवाल जवानीले नछाडेको अथवा बुढ्यौलीले नछोएको तरुण अवस्था नै युवा हो । युवालाई...

कानूनी दृष्टिमा मुन्धुमी स्थल मुकुमलुङ

शंकर लिम्बू “नेपालमा लिम्बूहरु नै त्यस्तो समुदाय होला जसले राज्यसँग भूमि अधिकारको मुद्दा अत्यन्त...

पोलेको मकै अध्ययन गरेपछि

विक्रम याक्खा कृतिकारको परिचय अलिकति चन्द्रकुमारी राई र बमबहादुर राईबाट दिक्तेल रुपाकोट मझुवागढी नपा–...

अभियान: जेफाले सिर्जना डबली र उसले पार गरेको ‘सय अङ्क’

प्रकाश दिप्साली राई मोरङको उत्तरी क्षेत्रमा केराबारी गाउँपालिका छ । सोही गाउँपालिकाको वडा नम्बर...