ताप्लेजुङमा किरात याक्थुङ चुम्लुङ्को ३४औँ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइयो - Naya Online

ताप्लेजुङमा किरात याक्थुङ चुम्लुङ्को ३४औँ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइयो

ताप्लेजुङ – किरात याक्थुङ चुम्लुङ्को ३४औँ स्थापना दिवस ताप्लेजुङ जिल्लामा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । शुक्रबार फुङ्लिङस्थित लिटलबुद्द बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न भएको हो । शुभकामना तथा छात्रवृत्ति कार्यक्रम अन्तर्गत याक्थुङ सहयोग कोषबाट श्री भानु मावि कक्षा १० कि जिना लिम्बुलाइ रु ५ हजार र प्रमाणपत्र, सिवा मावि कक्षा ९ का वसन्त लिम्बुलाइ रु ५ हजार कियाचु इजरायलद्वारा जनकल्याण मावि कक्षा ६ का अनुपा लिम्बुलाइ १० हजार र थेचम्बु मावि कक्षा ४ का सन्जिव विकलाइ रु ८ हजार सहित छात्रवृत्ति वितरण गरिएको हो । राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर साम्सुहाङ, लिम्बुवान प्रदेश समिती सदस्य धिरमाया इजम, किरात धर्म तथा साहित्यिक उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वा, सिवा माविका प्रधानाध्यापक ओमनाथ गौतम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश माबो, लिम्बु साँस्कृतिक परिषद पान्थर अध्यक्ष डिआर हाङ्सरुम्बा लगायतले शुभकामना ब्यक्त गरेको जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...