सुनसरी, १७ भाद्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ ।
विहिबार बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ बर्षीया शोभा खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
पानीमा डुबी बेपत्ता भएकी सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।