छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन - Naya Online

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ कवि तथा किरात सौन्दर्यविद् भूपाल राई, लोकप्रिय गायिका प्राज्ञ सत्यकला राईलगायतले गायिका तथा गीतकार अनिला राई र उनका बुबा गङ्गाराज राईका पुस्तक एकैसाथ लोकार्पण गरेका छन् ।

कार्यक्रममा अनिला राईद्वारा लिखित तथा स्वरबद्ध गीति एल्बमसमेत लाकार्पण गरिएको थियो । गायिका तथा गीतकार अनिलाको गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा उनका बुबा गङ्गाराम राईद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको ऐना’ लोकार्पण गरिएको हो । समारोहमा बाबु–छोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । गीतकार तथा गायिका अनिलाको जन्मदिनका अवसरमा आयोजित कार्यक्रम बर्थ–डे केक काटेर सुरु गरिएको थियो ।

लोकार्पण गरिएको एल्बम ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ ओटा गीत समावेश गरिएका छन् । जसमा अनिलाको एकल शब्द छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।

एल्बममा समाविष्ट सात ओटा गीतमा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले अनिलालाई गायनमा साथ दिएका छन् । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको सङ्गीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा सङ्गीत रोशन राईले गरेका छन् । यसै गरी ‘ढिँडो र सिस्नु’ मा डाक्टर किरात र ‘साकेला’मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको सङ्गीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ १ सय १२ ओटा गीत सङ्ग्रहित छन् । तीमध्येबाटै नौ ओटा गीत रेकर्ड गरिएका हुन् । कार्यक्रममा तीन ओटा गीतको भिडियो देखाइएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।

‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् । यस्तै, टीका चाम्लिङद्वारा निर्देशति भिडियो ‘प्यारी छोरी’मा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवती र एन्जेलिना राईले अभिनय गरेका छन् । गङ्गारामको ‘अक्षरको ऐना’ कविासङ्ग्रहमा समसामयिक विषयमा रचित २४ ओटा कविता रहेका छन् ।

कार्यक्रममा डा. अमर गिरी, भूपाल राई, टीका चाम्लिङ, सत्यकला राई, नगेन्द्रराज रेग्मी, वसन्त मुकारुङलगायतले गायिका राईको गायन तथा लेखन र गङ्गारामको कवितासङ्ग्रहमाथि समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली वाङ्मय परिषद्को आयोजनामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...