अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ - Naya Online

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पार्ने गरेको, १ र ५० दरका अमेरिकि डलर देखाई विश्वासमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ ।

उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...