निनाम लोवात्ती
हामी सबैले हिटलरबारे सुनेकै छौं । किनभने, उनकै कारण दोस्रो विश्व युद्ध भएको मानिन्छ । साथै उनको पूरा नाम ‘एडोल्फ हिटलर’ रहेको थियो । तर, पछि उनलाई ‘फ्यूहहर’ भन्ने उपाधि वा भनौं पदवीले पनि चिनिन्थ्यो । जे होस्, दोस्रो विश्व युद्धक्रममा हिटलरको नेतृत्वमा रहेको नाजी ग्याङ् (गेस्टापो) का सेनाले ६० लाखभन्दा बढी (त्यसमा पनि काम गर्न नसक्ने अशक्त, बुढाखाडा र बालबच्चाहरू धेरै थिए अरे ।) मानिसलाई ‘ग्साय च्याम्बर’मा हालेर मारेको भन्ने इतिहासकार तथा अध्येताहरूको भनाइ रहेको छ । अझ हिटलरको आर्य श्रेष्ठताको घमण्डको जाँतोमा पिल्सिएर त्यसरी मारिनेमा अधिकांश यहुदी (ज्युज) र कम्युनिस्ट समर्थक साधारण मानिस थिए भन्ने भनाइ रहेको छ । ले । किनभने पहिलो विश्व युद्ध भएको मानिन्छ । हो उनै हिटलर अर्थात् ‘फ्यूहहर’ अझ भएन, आर्य श्रेष्ठताका हिमायती मानिसका बारे केही लेख्दैछु ।
हो, हिटलरले आर्य उत्पत्तिको स्रोत अर्थात मूल कहाँ हो ? भनी आर्य स्रोत पत्ता लगाउन धेरै ठाउँमा खोज र अध्ययन गर्न आफ्नो विश्वासिला अनुयायीहरूलाई खटाएका थिए । त्यस क्रममा उनले कसकसलाई कहाँकहाँ खटाए ? सबैकुरो त बाहिर आएन । तर, उनले तिब्बतमा पनि एक गोप्य टोली खटाएका थिए । सो कुरो ‘झिल्को डट कम अनलाइन’ले विसं २०७८ भदौमा एक लेख वा भनौं फिचरमा उल्लेख गरेको छ । सो लेख वा भनौं फिचरमा उल्लेख गरिएअनुसार होलो कास्टका प्रखुम योजनाकार तथा हिटलरका केही विश्वापात्रमध्ये एक हेनरिखे ह्यामेलर (नाम फरक उच्चारण हुन सक्छ ।) सन् १९३८ मा पाँच जना सदस्य रहेको एक टोली तिब्बतमा आर्य उत्पत्तिबारे अध्ययन गर्न खटाएका थिए, जुन वैज्ञानिकहरू संलग्न टोली रहेको थियो । किनभने, हिटलरलाई घुमन्ते आर्यहरू लगभग १५ सय/१६ सय वर्षको आसपास उत्तर तर्फबाट भारत आएका हुन् भन्ने विश्वास रहेको थियो । अझ त्यसरी भारत आएर गैर आर्यहरूसँग घुलमिल (मिसमास) भएर आर्यहरूले ठूलै अपराध गरे भन्ने हिटलरलाई लाग्थ्यो ।
‘झिल्को डट कम अनलाइन’ले भारतीय लेखक वैभव पुरन्देरेको किताब ‘हिटलर एन्ड इन्डिया’मा उल्लेख भएको एक प्रसंग यसरी उद्घरण गरिएको छ । ‘–दोस्रो विश्व युद्ध हुन केही दिनअघि र्जनहरूको एक टोली भारतको पूर्वी सीमामा ओल्र्यो । हिटलरलाई घुमन्ते आर्यहरू १५०० वर्षअघि उत्तर भएर भारतमा प्रवेश गरेको विश्वास थियो । ती आर्यहरूले गैर आर्यहरूसँग मिसिएर अपराध गरेका छन् ।’ हुन पनि हिटलरलाई के लाग्थ्यो भने, आर्यहरू विश्वका सबैभन्दा उच्च नश्लका मानिस (जाति) हरू हुन् !? अर्को के पनि भन्ने गरिन्छ भने, हिटलरले आफू जत्ति नै आर्य श्रेष्ठताको घमण्डले वशीभूत भए तापनि भारतीय जनताहरूले गरेको अंग्रेज शासक विरुद्घको लडाईँ र देशको स्वन्तत्राप्रतिको आम भारतीय जनताहरूको आन्दोलनप्रति भने, सँधै सहानुभूति र सद्भाव राख्ने गर्थे । जुन कुरो हिटलरले आफूले गर्ने बहस, छलफल र लेखहरूमा पनि झल्किन्थयो भन्ने भनाइ छ ।
हिटलर र उनका अनुयायीहरूमा के पनि विश्वास गर्थे भने, घुमन्ते उच्च नश्लका आर्यहरू इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेको भन्ने धार्मिक विश्वासमा विश्वास गर्थे । त्यसैले नाजी कट्टरपन्थीहरू त्यसरी इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरू सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गएर शरण लिए, जो सुरक्षित र राम्रो वास स्थानको रूपमा रहेको विश्वास गरिन्छ । सोही क्रममा आर्यहरू विश्वकै छानोका रूपमा रहेको हिमालय क्षेत्रको पनि तिब्बतमा गएको भन्ने विश्वास तत्कालीन नाजी नेतृत्वमा रहेको थियो । त्यसैले नाजी नेतृत्वले सन् १९३५ मै एक अध्ययन टोली गठन गरेका थिए, इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरू कहाँ गए ? भन्ने सम्बन्धमा अध्ययन गर्नका लागि । यसरी आर्यहरूको उत्पत्तिथलो सम्बन्धी अध्ययन गर्न हिटलरले सन् १९३८ मा पाँच जनाको वैज्ञानिक टोली तिब्बतमा अध्ययन गर्न पठाएका थिए । भनिन्छ, सो वैज्ञानिक टोली बोकेको पानीजहाज सर्व प्रथम श्रीलंकाको राजधानी कोलम्बोमा उत्रिएको थियो । त्यसपछि सो टोलीले पानीजहाज फेरेर भारतको मद्रासमा आए । मद्रासबाट पनि अर्को पानीजहाज फेरेर भारतकै पश्चिम बंगालको कोलकाता (कलकत्ता) ओर्लेका थिए । भनिन्छ, उक्त जर्मन वैज्ञानिक टोली भारतको कोलकाता आई पुगेपछि ‘टाइम्स अफ इन्डिया’ले “अ गेस्टपो एजेन्ट इन इन्डिया” शीर्षकमा हेडलाइन समाचार नै छापेको थियो । भनिन्छ, सो अध्ययन टोलीलाई भारतमा रहेका तत्कालीन बेलायती अधिकारीहरूको सिक्किम हुँदै तिब्बत जान नदिने मनसाय बुझेपछि तिब्बत छिर्ने अर्कै उपाय निकाले । उनीहरूले स्वस्तिक चिन्ह्सहितको झण्डा राखेर झोला र सरसामान खच्चडमा लोड गरे । हुन पनि बौद्ध र हिन्दु धर्मको प्रतीक मानिन्छ, स्वस्तिक चिन्ह्लाई । त्यस्तै हिन्दु धर्मालम्बीहरूले त स्वस्तिक चिन्ह्लाई शुभ संकेत र शुभ लाभको संकेत पनि मान्ने गर्छन ।
तर, सो जर्मन वैज्ञानिक टोलीले घुमन्ते उच्च नश्लका आर्यहरू इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरू सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गए, नगएको के कसो हो ? पत्ता लगाए कि लगाएनन् ? केही उल्लेख गरिएको छैन । त्यसैले हिटलर उनका नाजीवादी कामरेडहरूको आर्य श्रेष्ठताबारेको खोजी के भयो, कसो भयो, टुंगो लाग्यो, लागेन ? खासै भन्न सकिएन ।
थप जानकारीका लागिः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।