अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न - Naya Online

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा

लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा (चुमलुङ देन)मा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा सिसेक्पा तङनाम (साउने सक्रान्ति) २०२२ मेला भव्यताको साथ सम्पन्न भएको छ । कोभिडका कारण ३ वर्ष पछिको कार्यक्रममा युवा जमातको उत्साहपूर्वक सहभगिताले सिसेक्पा तङनाम पुस्तान्तरणको पूल बन्ने कुरा संस्थाका महासचिव जुरेन्द्र खजुमले बताउनु भयो ।

‘अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ तय गरिएको सिसेक्पा तङनाम २०२२ मेला औपचारिक र अनौपचारिक गरी २ सेसनमा बिभाजन गरिएको थियो । पानसमा दिप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा वर्ष भरीमा वेलायतका बिभिन्न युनिभर्सिटीबाट उच्च शिक्षा हाशिल गर्ने लिम्बु समुदायका भान्जाभान्जीहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।

साथै याक्थुङ संगीत, कला, संस्कृतिमा सक्रिय भूमिका खेलेवापत रीता फोम्बो ‘ठूली’ आर्टिस्ट अफ द ईयर २०२२ अवार्ड, खेलकुद गतिविधिहरूमा उल्लेख्य योगदान गरे वापत भगीरथ जवेगूलाई यलम्वरहाङ अवार्ड र सक्रिय चुम्लुङकर्मीलाई प्रदान गरिने वेस्ट केन्ट शाखाका निवर्तमान सचिव इन्द्र थक्लुङलाई चुम्लुङ अवार्ड प्रदान गरिएको थियो । त्यस्तै विगत २ महिनादेखि बेलायलमा रहेका भ्वाईस अप नेपालका बिजेत राम लिम्बू लाई पनि सम्मान पत्र प्रदान गरिएको कुरा संस्थाका कियाचु युकेका केन्द्रिय अध्यक्ष नरबीर आङ्बोले जानकारी दिएका थिए ।

यसैबिच अघिल्लो कार्यकाल पूरा गरी पदीय जिम्मेवारीबाट मुक्त भएका पदाधिकारी र सदस्यहरुलाई धन्यवाद पत्र सहित विदाई गरीएको थियो ।

बेलायतका लागि नेपालका राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथि रहेको कार्यक्रममा एरआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर र आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा विशेष अतिथि रहेका थिए । लण्डन हन्स्लोका काउन्सिलर विष्णु गुरुङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पूर्व पदााधिकारीहरु अतिथिका रुपमा रहेका थिए ।

प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै राजदुत ज्ञानचन्द्र आचार्यले प्रवासमा रहेर पनि नेपाल र डायस्पोरालाई जोड्न नेपाली जातीय संघसंस्थाले देखाएको जागरुकता र पुर्याएको योगदानप्रति आफू नतमस्तक रहेको विचार सुनाए । दुतावासले प्रवासी नेपालीको भाषा र संस्कृतिलाई मजबुत बनाउन सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा विशेष अथिथिद्वय एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर र आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी सेर्पाले सेवारो भन्दै सिसेक्पा तङनाम र साउन सक्रान्तिको शुभकमना दिएका थिए ।

चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष नरबिर आङबोको अध्यक्षमा रहेको औपचारिक कार्यक्रममा सन्त हुक्पाचोङवाङले मेलामा उपस्थित सबैलाई स्वागत गरेका थिए । संस्थाका महासचिव जुरेन्द्र खजुमले सन्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष नरवीर आङवोले मेला सम्पन्न गर्न हर तहतप्काबाट सहयोग गर्नु हुने सम्पूमा र मेलामा उपस्थित सबैमा धन्यवाद दिदै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

अनौपचारिक तथा सास्कृतिक कार्यक्रम संस्थाकी सचिव सानु सुब्बाले सन्चालन गरेको साँस्कृतिक कार्यक्रम सबैको उत्सुकताले भरिएको थियो । यसो हुनुमा मुख्य कारण केलाङ (च्याब्रुङ नाच) र याःलाङ (धान नाच) प्रतियोगिता रहेको थियो । जसमा केलाङ मा ६ ओटा शाखाले सहभागिता जनाएको थियो । जसमा रश्मोर शाखा, ग्रेटर लण्डन सिनियर ब्रान्च, आष्फोर्ड केन्ट, ग्रेटर लण्डन बेजिङसटोक ब्रान्च र वेष्ट केन्ट थिए भने यालाङमा ग्रेटर लण्डन र वेष्ट केन्ट गरी २ ओटा ब्रान्चले सहभागिता जनाएको थियो ।

केलाङतर्फ कियाचु आस्फोर्ड शाखाले उपाधि जित्न सफल भयो भने कियाचु ग्रेटर लण्डन सिनियर ब्रान्च उपविजेता बन्यो । बिजेताले ट्रफि प्रमाण पत्र र नगद हात पार्दा उपबिजेताले प्रमाण पत्र र नगद हात पारेको थियो । त्यस्तै यालाङतर्फ भने ग्रेटर लण्डन शाखा विजेता बनेको थियो । यसैगरी सांस्कृतिक कार्यक्रम अन्तरगत विभिन्न कलाकारहरुको स्टेज प्रर्फमेन्स, गायन, नृत्य, सामुहिक केलाङ सामुहिक यालाङ, कोकटेल डान्स लगायत भ्वाईस अफ नेपालका बिजेता राम लिम्बुको गायन पनि रहेको कुरा सांस्कृतिक कार्यक्रमका कोअडिनेटर पूर्ण बोखिमले बताउनु भयो ।

विभिन्न खाध्य परिकारको स्टलले भरिभराउ सिसेक्पा तङनाममा चाहे अनुसारको विभिन्न किसिमका परिकारको स्वाद लिन पाईन्थ्यो । यति मात्रै नभएर लिम्बु मौलिक र पराम्परा झल्काउने गरगहना किनबेचको स्टलहरु पनि प्रसस्तै राखिएको जानकारी संस्थाकी उपध्यक्ष अमृता पालुङ्वाले दिईन् ।

स्वस्थ्य सुरक्षाको लागी हुनसक्ने घटनालाई मध्यनजर गर्दै एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तातो घामको बावजुद पनि कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कुरा संस्थाका उपाध्यक्ष तथा सिसेक्पा तङनाम २०२२ मेलाका कोअडिनेटर गणेश ईजमले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...