‘सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म हो’ –प्रदेश प्रमुख खापुङ - Naya Online

‘सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म हो’ –प्रदेश प्रमुख खापुङ

विराटनगर, २७ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन् । सञ्चारकर्मी सञ्चारकर्मी लि. विराटनगरको एघारौं स्थापनाको दिवसमा प्रदेश प्रमुखले सो कुरा बताउका हुन् ।

सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रुपान्तरण हुने प्रदेश प्रमुखको थप भनाई थियो ।

एघारौं स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई तोरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, बाबुराम भण्डारीलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवि पुरस्कार र उषा सरदारलाई मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान भएको थियो ।

त्यसैगरी पुरस्कारका कोषकार दिनबन्धु गोयल, दीपक दाहाल, डा. सम्झना प्रधान र मीना श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

पुरस्कार तथा सम्मान लिँदै पत्रकार राजेन्द्र दाहालले आफुले तीस वर्षदेखि कुनै पनि पुरस्कार नलिएको तर पछिल्लो समय शिक्षक पत्रिका सहकारी माध्यमबाट चलाउँदै आएकाले सहकारीता पक्षलाई सम्मान गर्न उपस्थित भएको प्रष्ट पारेका थिए ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ससाना पुँजीहरुलाई एकीकृत पारेर चलाइने सहकारीलाई राज्यले पनि प्रोत्साहन गरेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघ. लि. मोरङका अध्यक्ष डिल्ली पोखरेल, पुरस्कारका संस्थापकमध्येका दिनवन्धु गोयल र सहकारीका अध्यक्ष मोहन भण्डारीले मन्तव्य राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...