सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव - Naya Online

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको छ । संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई प्रतिस्थापन गरी बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो ।

शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ ।

सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ देखि आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिको सदस्य, सचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सह–संयोजक÷संचार विभाग प्रमुखका रूपमा उत्सवले जिम्मेवारी सम्हालेका र प्रतिष्ठानको नेपाल इन्चार्ज समेत रहेका केन्द्रीय सह–सचिव सुजन सिरेङ चङ्वाङ लिम्बूले बताए ।

स्याङ्जा जिल्लामा जन्मिएका कवि उत्सवको हाल पोखरामा स्थायी निवासी हुन् । विगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत छन् । आबुधाबीस्थित एक कम्पनीमा सम्मानित पदमा कार्यरत उत्सवको हालसालै “आकाशगङ्गाको किनार” नामक कविता संग्रह बजारमा आएको छ ।

निवर्तमान अध्यक्ष मगरको बहिर्गमनसँगै प्रतिष्ठानका महासचिव डिजि शर्माले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । महासचिव डि जी शर्माको राजिनामा तत्कालका लागि स्थगित गरिएको भएता पनि निकट भविष्यमा केन्द्रिय कमिटीको भर्चुअल बैठकले राजिनामा स्वीकृत गर्ने केन्द्रिय सहसचिव सुजन सिरेङ चङ्वाङ लिम्बूले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...