मोरङ, २० असार । धनपालथान गाउँपालिका–२ बरियाती बस्ने निरा देवी गच्छदारको घरमा रहेको तराई बचत ऋण सहकारी संस्थाबाट नगद १ लाख ९४ हजार रुपैयाँ, १ थान ल्याप्टप र ३ थान चेक गएराति चोरी भएको छ ।
उक्त घरको छतबाट पसी नगद राख्ने अफिस कोठाको आल्मोनियम ढोकाको फोडी उक्त सामान चोरी भएको हो ।
चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।