काठमाडौं, २० असार । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने सोही उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
त्यसैगरी बाराको परवानिपुर गाउँपालिका–५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।