पाँचथर, १३ असार । तात्कालिन पाँचथर सन्देश साप्ताहिकका कार्यकारी सम्पादक तथा कुम्मायक गाउँपालिकाका पहिलो तथा विस्थापित पत्रकार बिन्देश्वर खनाललाई नेकपा (माओवादी केन्द्र) प्रदेश सम्पर्क कमिटीले प्रकाशन विभागको विशेष जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न विशेष प्रदेश सम्पर्क समन्वय समितिको बैठकले १ नम्बर प्रदेशबाट खनाललाई प्रचार तथा प्रकाशन विभागको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिका अध्यक्ष भक्त पयाङ्गुले जानकारी दिए ।
यसैबीच सम्पर्क समन्वय विशेष प्रदेश समिति मातहत १ नं. प्रदेश सम्पर्क समन्वय समितिको दोश्रो पूर्ण बैठक शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले असोज मसान्तसम्ममा न्यूनतम २५ सय सदस्यता वितरण सहित शेल कमिटीसम्म सबै कमिटी व्यवस्थित गर्ने र पूर्ण डिजिटल प्रणालीमा जाने निर्णय गरेको छ ।
उता प्रदेश सम्पर्क समन्वय कमिटीको मूखपत्र मेचीकाली आवाज आगामी दशैं अगाडि नै प्रकाशन गर्ने र पूर्ण अनलाईन माध्यमबाट पार्टीको प्रचारलाई व्यवस्थित गर्ने लक्ष्य रहेको प्रचार तथा प्रकाशन विभागका सदस्य बिन्देश्वर खनालले जानकारी दिए ।
प्रकाशन विभागले दिएको जिम्मेवारीप्रति आफू थप सक्रिय भएर प्रदेश सम्पर्क कमिटीलाई सहयोग गर्ने पनि खनालले बताएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।