‘हाम्रो बाटो’ को होम लन्च हतुवागढीमा सम्पन्न - Naya Online

‘हाम्रो बाटो’ को होम लन्च हतुवागढीमा सम्पन्न

हतुवागढी, १३ असार । कथाकार म्यामराज राईको लघुकथा सङ्ग्रह ‘हाम्रो बाटोको होम लन्च’ गरिएको छ । संग्रहको गत शनिबार सगरमाथा माध्यमिक विद्यालय घोरेटार, हतुवागढीमा गरिएको हो ।

हतुवागढी सार्वजनिक पुस्तकालय र इश्वरमान राई अध्ययन प्रतिष्ठान केन्द्रले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई, हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराँती पुर्व सांसद धनहर्क राईले संयुक्त रुपमा उक्त कथासंग्रहको होम लन्च गरेका हुन् ।

कृतिमाथि विमर्श (प्यानल डिसकस) पनि गरिएको थियो । कवि गजलकार अरुण आकाशले सहजीकरण गरेको सो सेसनमा कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राई, शिक्षकहरु प्रकाश बान्तावा र मन्जु नेपालले भाग लिएका थिए ।

कृतिमाथि बोल्दै प्रकाश बान्तावाले ‘हाम्रो बाटो’भित्रका कथाहरुले नेपाली समाजलाई सर्लक्कै उतारेको बताए । यस्तै अर्का वक्ता मन्जु नेपालले यो कृति पढ्दा हामीलाई सकारात्मक सन्देशहरु दिने खालका कथाहरु रहेका बताए ।

अर्का वक्ता कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले यस भित्रका कथाहरूले नेपाली समाजको ऐना भएको बताए । उनले भने–‘अझ हतुवाको पहिचान थपिएको भए अरु सुगन्ध थपिने थियो तर आगामी दिनमा कथाकार ज्यूले यो कुरा मनन गर्नुहुनेछ ।’

विमर्श कार्यक्रम पश्चात् अधिकांश वक्ताहरुले म्यामराज राईको यो कृति आउनु भनेको हतुवागढीको साहित्यकासमा एउटा इट्टा थपिएको बताएका थिए ।

कार्यक्रममा गजललार इश्वरबहादुर खड्का, आशाराम राई, विश्वजित राई, हतुवागढी –५ का वडाअध्यक्ष सुरेस राई, गाउँपालिका उपाध्यक्ष सुनिता किराँती लगायतले मन्तव्य राखेका थिए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले हतुवागढीमा एकपछि अर्को कृति आउनुले हतुवागढीको प्रतिष्ठा बढेको बताए । उनले थपे– ‘हामी आफू केही गर्नु भन्दा पनि अरुको कमजोरी पर्खेर उछितो काढ्नेक्रममा आफ्नै उछित्तो काढी पठाउने प्रवित्ति रहेको यथार्थतालाई म्यामराज जिले ‘प्रवित्ति’ लघुकथाले मलाई अति नै छोएको छ । कला र साहित्यको निम्ति गाउँपालिका सदा सकारात्मक रहेको छ । यहाँहरुसँगै पालिका रहनेछ ।’

कार्यक्रमको सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष इन्द्र थापाले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...