विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा - Naya Online

विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

विराटनगर । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएको साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ ।

महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा मे २८ तारिखका दिन बसेको विश्व केन्द्रीय समितिको नियमित बैठकले उक्त निर्णय गरेको हो ।

विश्वको १० उच्च हिमालहरूमध्ये ८ नेपालमा छन् जसले विश्वमा नेपाललाई चिनाउने गर्दछन् । नेपाली भाषा–साहित्यको क्षेत्रमा त्यस्तै अमुल्य योगदान गर्नु हुने ८ जनालाई महासङ्घद्वारा तीन वर्षमा एकचोटी साहित्यदूत सम्मानले विभूषित गर्ने गरिएको छ । यस पटक विनेसाम साहित्यदूत सम्मान – २०२२ ले सम्मानित हुनुहुनेहरुमा विनेसाम साहित्यदूत सम्मान सगरमाथाको लागि पूर्व राजदूत भीम उदास, काठमाडौ, विनेसाम साहित्यदूत सम्मान कञ्चनजङ्घा कुलपति प्रा.डा. गङ्गाप्रसाद प्रसाईं, त्रिपुरा विश्वविद्यालय, भारत, विनेसाम साहित्यदूत सम्मान ल्होत्से प्रा.डा. दिवाकर प्रधान, काशी हिन्दू विश्वविद्यालय, भारत, विनेसाम साहित्यदूत सम्मान मकालु सहप्राध्यापक डा. ज्ञानु अधिकारी, काठमाडौ, विनेसाम साहित्यदूत सम्मान चोयु – श्री दीपा एवाई राई, हङकङ, विनेसाम साहित्यदूत सम्मान धौलागिरी, म्यान्मा, विनेसाम साहित्यदूत सम्मान मनास्लु कर्ण गुरुङ, अमेरिका, विनेसाम साहित्यदूत सम्मान अन्नपूर्ण डा. मुलीवीर राई, बेलायत छन् ।

त्यसैगरी उत्कृष्ट शाखाकालागि विश्वको विभिन्न देशमा रहेका शाखाहरूबाट प्राप्त विवरणको आधारमा सबै शाखाहरूका गतिविधिलाई हेरेर विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ भने साहित्यिक सक्रियतालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखाका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरिएको छ ।

उपरोक्त छनौटहरूका लागि महासङ्घका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनौट समिति निर्माण भएको थियो । छनौट समितिले पेश गरेको प्रस्तावमाथि गम्भीर छलफल गरी निर्णयमा पुगिएको हो । महासङ्घको कार्यकाल सकिन लागेको हुनाले बैठकले अब बन्ने नयाँ समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा सल्लाहकार प्रा. डा. भीम खतिवडा, डा. मधु माधुर्य, उपाध्यक्ष डेन्जोम साम्पाङ, महासचिव सुनिता राई कन्दङ्वा र सचिव डा. मनमुर्ती भुर्तेल रहेको छ सदस्यीय परामर्श समिति पनि गठन गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...