धनकुटा – जेठ १५
‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम चौविस राजारानिमा आइतबार सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, सचिवद्वय यासेली योङ्हाङ, भवानी सम्बाहाम्फे, राष्ट्रिय सदस्य सागर केरुङ, लिम्बुवान प्रदेश समितिका सदस्य जया चेम्जोङ लगायतको उपस्तिथिमा सम्पन्न भएको जिल्ला अध्यक्ष कमलसिङ तिगेलाले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।