ताप्लेजुङ – ‘किरात सभ्यता:लिम्बू आदिवासीहरुको सर्वेक्षणात्मक अध्यन’ बिषयमा विहिबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिती ताप्लेजुङको आयोजनामा सम्पन्न भएको हो । फुङ्लिङस्थित होटल स्नोलियोपार्टको सभा हलमा सम्पन्न कार्यक्रममा चुम्लुङ्का संघीय उपाध्यक्ष डा. कमल तिगेलाले छलफल-पत्र प्रस्तुत गरेका थिए । लिम्बू समुदायमा धर्म, संस्कार, संस्कृति लगायतमा क्षेत्रमा देखिएको अन्योलतालाइ स्पस्ट पार्न छलफल कार्यक्रमहरु सञ्चालन भएको हो । संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्को उपस्थितिमा सम्पन्न कार्यक्रमा संघीय सचीवद्वय यासेली योङ्हाङ, भवानी विक्रम सम्बाहाम्फे, संघीय सदस्य ठाकुरसिङ लिम्बू, राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका उपाध्यक्ष सागर केरुङ लगायतको उपस्थितिमा सम्पन्न भएको जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताउनुभएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।