सुसाङमा स्मृति अक्षयकोषद्धारा पचास विद्यार्थीलाई स्कुल ब्याग - Naya Online

सुसाङमा स्मृति अक्षयकोषद्धारा पचास विद्यार्थीलाई स्कुल ब्याग

-पदम सुखी सम्बाहाम्फे

पाँचथर, ११ जेठ । कुम्मायक गाउँपालिकाको केन्द्रमा रहेको अमृत आधारभूत विद्यालय यासोकका ५० जना जेहेन्दार विद्यार्थीलाई सुसाङमा फेवदेन स्मृति अक्षयकोषले पुरस्कृत गरेको छ ।

अमृत आधारभूत विद्यालयको प्राङ्गणमा आज भएको छैटौं बार्षिकी अक्षयकोष समारोहमा विद्यार्थीहरुलाई २६ हजार ५ सय मुल्य बराबरको स्कुल ब्याग बितरण गरिएको थियो । अक्षयकोषको मूलधन हाम्रो बचत तथा ऋण सहकारी सस्थाको मुद्दती खातामा रहेकोे रकमले विद्यालयका निम्न आय भएका अनुशासित जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार दिइएको अक्षयकोषका अध्यक्ष पदम फेवदेनले बताएका छन् ।

स्वः सुसाङमा फेवदेनका बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्रकुमारी शेर्मा फेवदेनका छोरी हुन् । २०५८ माघ २० गते जन्मिएका सुसाङमाको २०६८ कार्तिक १२ गते उपचारका क्रममा युकेमा निधन भएको थियो । १० बर्षको कलिलो उमेरमा निधन भएकी सुसाङमा अमृत आधारभूत विद्यालयमा पनि अध्यन गरेको र यस विद्यालयका विद्यार्थीहरुको पढाइमा थप क्षमता विकास होस् भन्ने उद्देश्य रहेकोे कोषका अध्यक्ष फेवदेनले बताए ।

बाटोघाटोमा चौतारी बनाएर पैसा खर्च गर्नुभन्दा निम्न आय भएका अनुशासित र जेहेन्दार विद्यार्थीको पढाईमा हौसला मिल्ने सामाजिक कार्य गर्नु नै उचित हुने पृथ्वी माध्यमिक विद्यालयका प्रधान अध्यापक ऋृषिराम गजुरेलले बताएका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, यासोक क्यापस प्रमुख कर्ण लावती लगायत शिक्षक विद्यार्थी तथा अभिभावक र नागरिक समाजको पनि उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...