कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका छन् । जनता समाजवादी पार्टी जसपाका लावती पुनः निर्वाचित भएका हुन् ।
हालसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार लावती २३९ मतको मतान्तरका साथ विजयी बनेका हुन् । उनी गत ७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको कुशल नेतृत्व र पारदर्शिता सुशासनका कारण पुनः निर्वाचित भएको स्थानीयको भनाइ छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।