गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो - Naya Online

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे

पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी प्रचारप्रसारलाई तिब्र पारिएको छ । गाउपालिकाको वडा नम्बर, ५ पिपलबोटे साथै वडा नम्बर ४ को तिल्के आहाले सिवादोभान यसैगरी वडा नम्बर १ , २ र ३ को विभिन्न टोलमा गरिएको ४ दलीय चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमले मतदाताहरु उत्साहित रहेको गठबन्धनका उम्मेदवार बम लावतिले बताएका छन् ।

राष्ट्रिय राजनितीमा फोहोरी खेल खेलेकोले एमाले पार्टीलाई परित्याग गरि सर्बहारा जाती र बर्ग समुदायको समुन्नत विकासका लागि चुनावी मैदानमा उत्रनु परेको प्रखर युवा नेता मनोज बोहोराको भनाइ छ ।

यसैगरी गाउपालिकाको वडा नम्बर ४ रानिगाउँमा तिसौं बर्ष भन्दा बढी गडेको एमाले पार्टीको सामन्ती प्रथालाई जरैदेखि उखेल्नको निम्ति न्यायप्रेमी उत्पीडित सर्बहारा बर्ग एकजुट हुनुपर्ने युवा नेता भगिमान सम्बाहाङ्फेको कथन छ । युवा नेताहरू महेन्द्र खड्का, बालकृष्ण शेर्मा, देबेन्द्र लावति, नरेन्द्र कार्की लगायतका अन्य समावेशी उम्मेदवारहरुको उपस्थितिले यसपटक कुम्मायक गाउपालिकाको मुहार फेरिने भएको छ ।

यस गाउँपालिकामा आगामी बैशाख ३० गते सम्पन्न हुने मतदान केन्द्र र स्थान समेत निर्वाचन कार्यलयले सार्वजनिक गरिसकेको छ । जसअनुसार वडा नम्बर १ को पृथ्वी मावि र खाल्डे मावि खाल्डे, वडा नम्बर २ को सिद्ध सरस्वती मावि र श्रीधाम सरस्वती आवि, धुपिङ, वडा नम्बर ३ को त्रिभुवन माध्यमिक विधालय सिम्राहा र सार्वजनिक माध्यमिक विद्यालय चुङ्साङ्ली रहेकोे छ । वडा नम्बर ४ को सिद्ध माध्यमिक विधालय तिङ्देन साथै वडा नम्बर ५ को कागेश्वरी आवि, भुल्के साथै देउराली आवि, निगाले टोल र महेन्द्रोदय मावि पिपलबोटेका स्थान तोकिएको छ ।

‘स्थानीय सरकार– विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य, शुशासन, सामाजिक न्याय, समतामूलक समाजको निर्माण, निःशुल्क शिक्षा, स्वास्थ्य र खानेपानी, बेरोजगारलाई रोजगार’ भन्ने मूल नाराका साथ पाचवटै वडामा गठबन्धनका उम्मेदवारहरु जनताको घरदैलो कार्यक्रममा छ्न् । गत सोमबार मात्रै निर्वाचन कार्यलयमा ९ वटा दलका जम्मा ८१ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेकोमा आजसम्म कुनै उम्मेदवारीले आफ्नो नाम फिर्ता नलिएको पनि निर्वाचन अधिकृत विश्व जंग सिजापतिले बताएका छ्न ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...