पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९ र १० तारिखका दिन पोर्तुगलको ओदिमोरास्थित सान्तोतोनियाको खेलमैदानमा खुल्ला पुरुष भलिबल खेल सन्चालन गरेको छ । कुल १० टोलीले सहभागिता जनाएको सम्पुर्ण खेलमा टिटि सिस्ट्मसहित वेस्ट अफ फाईभमा खेलाईएको थियो ।
समाजका अध्यक्ष रमेश बहादुर खत्रीको सभापतित्वमा साथै प्रमुख अतिथी समाजसेवी सफल ब्यवसायी गुमनसिङ कार्कीको आतिथ्य र विशिष्ट अतिथीहरूमा पोर्तुगलमा सफल व्यवसायी समाजसेवी निवर्तमान एनआरएनए पोर्तुगलका अध्यक्ष हाल एनआरएनए युरोपका उपसयोजक तिलक गैरे सफल, ब्यवसायी योगेन्द्र हमाल, सफल ब्यवसायी सुमन बहादुर पाण्डे, तमु समाज पोर्तुगलका अध्यक्ष बिकास गुरुङ ट्याप ट्याप सेन्ड प्रतिनिधि केश गुरुङलगायत दर्जनभन्दा बढी अतिथिहरूको सहभागी रहेको थियो ।
औपचारिक कार्यक्रम करिब दिनको ११ बजे शुरु भएको थियो भने प्रमुख अतिथि र विशिस्ट अतिथिहरूद्वारा पानसमा बत्ती बालेर कार्यक्रम उदघाट्न गरिएको थियो । राष्ट्रिय धुनपछि विभिन्न ज्ञात आज्ञात शहितहरूप्रति एक मिनेट मौनधारण राखिएको थियो। कलाकारहरूबाट स्वदेश गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
निश्चल क्षेत्रीको स्वागत मन्तब्य रहेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि र विशिस्ट अतिथिहरूले आफ्नो मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । प्रमुख अतिथि गुमान सिङ कार्कीले कोभिड १९ पछि पोर्तुगलमा पहिलो पटक नेपाली समुदायले आयोजना गरेको ठूलो कार्यक्रम हो भन्दै नेपालीलाई जोड्न सक्ने यस्ता कार्यक्रमहरू अझै आयोजना गरियोस् त्यसको लागि आफू सधैँ सकारात्मक रहेको बताए ।
ट्याप ट्याप प्रतिनिधि केश गुरुङले आफ्नो मन्तव्य राख्दै ट्याप ट्याप सेन्ड एपको बारेमा कसरी प्रयोग गर्ने र यसका फाईदाहरू बारे बताएका थिए । कार्यक्रम वरिष्स्ठ लोक तथा दोहोरी गीतका गायक सर्जक जेबी ओलीले सञ्चालन गरेका थिए ।
करिब दुईबजे प्रमुख अतिथि विशिष्ट अतिथिहरू खेल मैदान प्रवेश गरि रेफ्रीलाई बल दिँदै खेल सुचारु गरिएको थियो प्रहिलो प्रतिस्पर्धा टोली सान्तोतोनिया ब्ल्यु र गलकोटको खेलमा सान्तोतोनिया ब्ल्यु टिम बिजय हुनु भएको थियो ।
दोश्रो खेल सान्तोतोनिया रेड र किन्तासबिच प्रतिस्पर्धा भएकोमा सान्तोतोनिया रेड बिजयी भएको थियो । तेस्रो खेल तमु समाज पोर्तुगल र रायनब्लोबिच प्रतिस्पर्धा भएकोमा तमु समाज पोर्तुगलले बिजय हासिल गर्नु भएको थियो । त्यस्तै चौथो खेलमा रोल्पा समाज र ढोरपाटन बाग्लुङ समाज बिचको खेलमा ढोरपाटन बाग्लुङले बिजय हासिल गर्नु भएसँगै पहिले दिनको खेल समाप्त भएको थियो ।
दोस्रो दिनको पहिलो खेलमा सान्तोतोनिया रेड र मालभादोको प्रतिस्पर्धामा सान्तोतोनिया रेड बिजय भएसँगै फाईनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा सान्तोतोनियो ब्ल्यु र तमुसमाज बिच प्रतिस्पर्धा भएको थियो खेल अवधी भरिकै उत्कृष्ट प्रतिस्पर्धा साथै रोचक खेल यी दुई टोलीको देखिन्थ्यो । तमु समाजका खेलाडी कोच लाहुरे दाईले चिरपरिचित उहाको राम्रो व्यवस्थापन देखिएको थियो खेलको अन्तिम समयमा केही बिबाद उत्पन्न भएको कारण खेल करिब १० मिनेट रोकिएको थियो । अन्ततँ रेफ्री टिम क्याप्टेन र आयोजकको सहमतिमा रि बल गरि खेल सुचारु गरिएको थियो लगतै खेलको नतिजा सान्तोतोनिया ब्ल्यु तर्फ बिजय गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
तमुसमाजको खेलाडी टोलीको पराजयमा धेरै दर्शकहरूको मनमा खिन्न्ता देखिएको थियो । लगतै तेस्रो खेल सान्तोतोनिया रेड र ढोरपाट्न बाग्लुङबिच भएको प्रतिस्पर्धा मा सान्तोतोनिया रेडको जित सगै फाईनलमा प्रबेश गरेको थियो अन्तत फाईनल खेलमा सान्तोतोनिया ब्ल्यु र सान्तोतोनिया रेडको प्रतिस्पर्धामा सान्तोतोनिया ब्ल्यु बिजयी र उपबिजयी सान्तोतोनिता रेड हुन सफल रहयो ।
सम्पुर्ण खेलाडीहरूको मुल्याङ्कन गर्दै खेल सयोजकहरू सोबित राना, देव छन्त्याल, रेफ्री टिम र आयोजकको निर्णय अनुसार बेस्ट प्लेयर दिनु राना, बेस्ट सुटर योगेन्द्र गुरुङ, बेस्ट डिफेन्डरमा देव छन्त्याल घोषित भएका थिए ।
प्रमुख अतिथि गुमानसिङ कार्कीले बेस्ट प्लेयरलाई हौसला स्वरुप १ सय व्याक्तीगत सहयोग गरेका थिए । सम्पुर्ण बिजयीटिमलाई पुरुस्कार क्रमश पहिलो र दोस्रो टोलीलाई कप र नगद १२००, १०० साथैखेलाडी हरूलाई प्रमुख अतिथि र बिशिस्ट अतिथि द्वारा प्रमाण पत्र र मेडलले सम्मान गरिएको थियो भने दुई दिने खेललाई सन्चालन गर्नको लागि प्रमुख रेफ्रीमा भुपु राष्ट्रिय रेफ्री देव छन्त्याल र साहयक रेफ्री प्रकाश कुमार छेत्रीले भुमिका निभाई सहयोग गरेका थिए ।
कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने विशेष गरि ट्याप ट्याप सेन्डसहित सम्पुर्ण आर्थिक भौतिक रुपमा सहयोग गर्नु हुने महानुभाव दर्शकहरूमा सभापति रमेश बाहादुर खत्रीले धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।