धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन् ।
दुर्घटनामा को २ ह ७०४१ नम्बरको टेम्पो चालकको घटना स्थलमै मृत्यु भएको सागर सरगम चेम्जोङले फेसबुकमा उल्लेख गरेका छन् । बसको नम्बर को १ ख ४४८० रहेको छ ।
दुर्घटनाबाट एक महिला गम्भीर घाईते भएको र मृतक र घाइतेको अहिलेसम्म आफन्त पत्ता नलागेको पनि चेम्जोङले उल्लेख गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।