विराटनगर, २३ चैत्र । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण भएको छ ।
प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम चैत्र ११ गते बसेको प्रदेश सभाको नवौं तथा हिउँदेको अधिवेशनको ११ औं बैठकले उक्त विधेयक पारित गरी प्रदेश प्रमुखकहाँ पुगेको थियो ।
“संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष प्राप्त हुन आएकोमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट मिति चैत्र २३ गते बुधबारका दिन उक्त विधेयक प्रमाणीकरण भएको हो ।” प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।