मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस - Naya Online

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १, प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा उद्घाटन भएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा आयोजित कार्यक्रम मोरङको उत्तरी क्षेत्रमा लेटाङमा सम्पन्न भएको थियो ।

उद्घाटनमा माननीय प्रदेश प्रमुख परशुराम खापुङले सहकारीले नेपालको आर्थिक मेरुदण्ड बन्न सकेको बताए । त्यसैगरी नेपालको आधिकांश जग्गा बाँझो रहेकोले सहकारीले त्यस्ता ठाउँमा कृषि तथा उत्पादनमा लगानी गर्नुपर्ने प्रदेश प्रमुखले औंल्याएका थिए । करिब ७३ लाख व्यक्ति सहकारीसँग आवद्ध रहेकोमा ५६ प्रतिशत महिलाहरूको उपस्थिति रहेकोमा महिलाहरूको शसक्तिकरणमा बल पुगेको पनि प्रदेश प्रमुख खापुङले बताए ।

विभिन्न झाँकीहरूसहित नगरपालिका परिक्रमा गरेर शुरु गरेको कार्यक्रममा लेटाङ नगरपालिकाका मेयर शंकर राई, राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, प्रदेश नं. १ यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सराबगी, लेटाङ क्षेत्रबाट संघीय सांसदमा प्रतिनिधित्व गर्नुहुने घनश्याम खतिवडालगायतले कार्यक्रममा मन्तव्य दिएका थिए ।

वि.सं. २०१० सालमा योजना विकासको लागि कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएर नेपालमा सहकारी अभियान शुरु भएको हो भने वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको थियो । त्यसैले हरेक चैत्र २० गते सहकारी दिवस मनाइने गरिन्छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...