कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम - Naya Online

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम

तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू कुखुरा पालेर मनग्ये आम्दानी गरिरहेका छन् । २९ वर्षका बिक्रम कुनैबेला कोरिया जान निक्कै संघर्ष गरे तर कोरिया असफल भएपछि गाउँमा नै केही गर्ने सोचका साथ ५० वटा कुखुरा पालेर व्यवसाय सुरू गरेका हुन् ।

१२ कक्षासम्म अध्ययन गरेका विक्रमले अहिले लेयर्स जातका कुखुरा पालेर मासिक एकलाख आठ हजारदेखि एकलाख सत्तरी हजारसम्मको अण्डा उत्पादन गरिरहेका विक्रमले स्थानीय बजारको मागलाई नै पूरा गर्न नसकेको बताउछन् ।

मेहनतका साथ व्यवसायमा लागिपरेका बिक्रमले बजारको मागलाई पूरा गर्न र व्यवसाय बढाउन खोर निर्माण गरिरहेको र कम्तीमापनि १००० वटा कुखुरा लगाएर गाउँमा नै मासिक ३ लाखदेखि ४ लाखसम्मको अण्डा उत्पादन गर्ने सोच भएको बताए । विस्तारै गाउँपालिकालाई नै अण्डामा आत्मनिर्भर बनाउने पनि बत्ताए सबै युवाहरू केही व्यवसाय गरौ भन्ने प्रेरणा उनी दिन्छन् र भन्छन् ‘युवा व्यवसायी बनेर परिचय दिइरहदा पनि स्थानीय सरकारले खासै चासो राखेको छैन ।’

सबै आफ्नै लगानीमा गरिरहेका उनी मेहनत गरे नेपालमा नै बसेर केही गर्न सकिन्छ गजबका एक उदाहरण हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...