लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न - Naya Online

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे

पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा रहेको पृथ्वी माध्यमिक विद्यालयमा लागू औषध दुव्र्यसन विरुद्धको एकदिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

विद्यालयका विद्यार्थी किशोरी किशोरहरूलाइ लक्षित गर्दै अभिभावक र शिक्षकहरूलाइ समेत दुव्र्यसनीबाट जोगिएर स्वस्थ जीवन जिउने भन्ने उपाय बारे प्रशिक्षण गराइएको थियो । विद्यालयको भवनमा भएको सो प्रशिक्षण कार्यक्रममा लागू पदार्थ भनेको के हो ? लागू पदार्थ दुव्र्यसनबाट कसरी बच्न सकिन्छ ? लागू औषध दुर्ब्यसनका चरणहरू जस्ता विभिन्न बिषयमा प्रशिक्षण गराइएको थियो ।

सहआयोजक कुम्मायक गाउपालिका र प्रमुख आयोजक पुर्व प्रहरी सङ्ग्ठन जिल्ला कार्य समितिद्वारा सञ्चालित सो कार्यक्रमको सहजकर्ता इन्द्रप्रसाद ओली थिए । लागू औषधका कारण शरीरमा उत्तेजना र भ्रम शृजना हुने भएकोले महिला हिंसा घरेलु हिंसा, डिप्रेशन, सुसाइटजस्ता जघन्य अपराध घटना घटन सक्ने भएपछि किशोर किशोरीहरूको आत्मा सुरक्षाका लागि यो कार्यक्रम सन्चालनमा ल्याएको सहजकर्ता ओलिको भनाइ थियो ।

यो कार्यक्रम किशोर किशोरीका लागि मात्र नभएर अबिबाहक सबैलाई उपयोगी हुने गाउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ्ले बताएका छन् ।

पृथ्वी माध्यमिक विद्यालयका प्रधानध्यापक ऋृषिराम गजुरेल तथा सम्पुर्ण शिक्षक र विद्यार्थीहरूको सो कार्यक्रममा सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...