काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन सुवेदीको स्वरमा फागुपुर्णिको अवसर पारेर ‘खेलौ होली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा श्रीदेव भट्टराई, युनिसा वस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहको साथमा संगीतकार बजगाईको पनि अभिनय रहेको छ । समय सान्दर्भिक भिडियोमा टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।
शुसिल शर्माद्वारा निर्मित यो भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=lcnKadpQFdo
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।