अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो,
कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो
हरेश नखाई अघि बढ्ने तिम्रो कला मानेँ मैले,
सफल अनि रफ्तार तिम्रो, मान्छे मन परिसक्यो
कहाँ पाउनु यस्तो मान्छे अचेल यो दुनियाँमा,
नाघी आउँछु सङ्घार तिम्रो, मान्छे मन परिसक्यो
रोक्ने छुइनँ यात्रा बरु सकेसम्म ल्याउने छु म,
जीवनभरि बहार तिम्रो, मान्छे मन परिसक्यो ।
भोजपुर हालः मुग्लान
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।