सिटी सफारी चढेर आइन् सविता याखा राई - Naya Online

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ पार्क गाउने चर्चित जोडी सुनिता संयक लिम्बू र पेपराज लिम्बूको स्वरमा रहेको छ यस गीत ।

चोःत्लुङ पार्कजस्तै चर्चित बन्ने छाँट देखाएको यस गीतमार्फत सविता याक्खा राई मोडलको रुपमा पदार्पण भएकी छिन् । र, राम्रो काम गर्न सक्ने सम्भावना पनि देखाएकी छिन् ।

तर कलाकार बन्ने, पर्दामा झुल्कने रहर सानैदेखि पालेकी थिइनन् रे सविताले । एकैचोटी उनकी भाउजु अनुकला राईले यस गीतमा खेल्नुहोस्, भनेपछि अभिनय गरेको बताउँछिन् । अनुकला यस गीतको लेखिका पनि हुन् ।

धनकुटा नगरपालिकाको वडा नं ३ स्थीत कागतेकी सविताले धनकुटामै विविएस अध्ययनरत छिन् । शुरुमा अभिनय गर्न डर लागे पनि साथीभाई मिजासिलो भएको कारण मज्जा आएको उनको अनुभव छ । भविष्य यसैमा हुनसके प्रयास गर्ने नभए पढाईअनुसारको बैंकक्षेत्रमा जागिर खाने योजना रहेको पनि सुनाइन् ।

सवितासँगै सुशिल चेम्जोङ, सागर सरगम चेम्जोङ, कमल चेम्जोङ (याक्थुङ कान्छा), बादल चेम्जोङ, सुरेन हाङ्गाम लिम्बू, सुप्रिया राई, मौसमी मगर, युवराज राई अलौकिक, एसिका राई, इन्द्र राई, सबीना कुरुम्भङको पनि अभिनय रहेको छ ।

संजय तुम्बाहाम्फेको संगीत, राजु कार्कीको एरेन्ज र हरि ईवाहाङ लिम्बुको निर्देशन रहेको भिडियोमा तमर वारीपारीको कथालाई उनिएको छ ।

भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...