विरही काइँला
३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न राजनैतिक पार्टी र स्वतन्त्र गरी २३ जना उम्मेद्वारहरू मैदानमा थिए । तर चुनाव नतिजा हेर्दा डेमोक्र्याड्स र रिपब्लिलिकन दुई वटा राजनैतिक पार्टीको बीच मात्र प्रतिस्पर्धा रहेको देखियो । त्यसमा पनि डेमोक्र्याड्स पार्टीका उम्मेद्वार जोसेफ जो बाइडेनले इलेक्टोरल मत ३०६ अनि लोकप्रिय मत ८१,२६८,९२४ (५१.३%) प्राप्त गरेर चुनाव जितेका थिए ।
त्यसपछि २० जनवरी २०२१ कोदिन वासिङटन डीसीस्थित कांग्रेस (क्यापिटल) भवनको प्राङगणमा आयोजित समारोहमा ७५ वर्षीय जोसेफ जो बाइडनले अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा शपथ लिए । राष्ट्रपति जो बाइडनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि शपथ ग्रहण गरेकी थिइन् । ह्यारिसभन्दा अघि अमेरिकाको इतिहासमा उपराष्ट्रपति पदमा पुग्ने कुनै महिलाको नाम भेटिन्न । उनी उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुग्ने प्रथम महिला मात्र होइनन् प्रथम अश्र्वेत र एशियन अमेरिकन समेत हुन् ।
रिपब्लिकलिकन पार्टीका उम्मेद्वार तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव हारे । ट्रम्प दोस्रो कालको लागि राष्ट्रपति बन्न सकेनन् । डोनाल्ड ट्रम्पले इलेक्टोरल मत २३२ अनि लोकप्रिय मत ७४,२१६,१५४ (४६.९%) प्राप्त गरेका थिए ।
(ह्वाइट हाउस)
सन् २०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले ६२,९८४,८२५(४६.४२%) मत ल्याएका थिए । हिलारी क्लिन्टनले ६५,८५३,५१६(४८.५३%) मत ल्याएकी थिइन् । तर चुनाव जिते डोनाल्ड ट्रम्पले । लोकप्रिय मत कम ल्याएका ट्रम्पले इलेक्टोरल मत ३०४ पाएका थिए । ट्रम्पभन्दा लोकप्रिय मत बढी ल्याएकी क्लिन्टनले इलेक्टोरल मत २२७ मात्र पाएकी थिइन् । मोठ ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि उम्मेद्वारले कम्तिमा २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ । यसभन्दा अघि इलेक्टोरल मत कम पाएर सन् १८२४ मा एन्ड्यु ज्याक्सन, सन् १८७६मा स्यामुएल जे टिल्डेन, सन् १८०० मा ग्रोभर क्लिभल्याण्ड अनि सन् २००० मा अल गोर राष्ट्रपति चुनाव हारेका थिए ।
४८ वटा राज्य र वासिङटन डीसीका आम मतदाताले जसलाई बढी मत दिन्छन् उक्त राज्यमा उसैलाई सबै इलेक्टोरल कलेजको मत दिइन्छ । तर माइन र नेब्रास्क यी दुई राज्यले भने उम्मेद्वारले पाएको मत अनुसार इलेक्टोरल कलेजको मतमा भाग लगाउने गर्दछ ।
सन् २०२०मा जोसेफ जो बाइडेनले इलेक्टोरल मत प्राप्त गरेका राज्यहरू –
(१) भर्मन्ट (इलेक्टोरल मत) –३ (२) भर्जिनिया (इलेक्टोरल मत)–१३ (३) डेलावेयर(इलेक्टोरल मत) –१९ (४) वासिङटन डीसी(इलेक्टोरल मत) –३ (५) मेरिल्याण्ड(इलेक्टोरल मत) –१० (६) इलिनेस (इलेक्टोरल मत) –२० (७) म्यासेचुसेट्स (इलेक्टोरल मत) –११ (८) न्युजर्सी (इलेक्टोरल मत)–१४ (९) न्यूयोर्क (इलेक्टोरल मत) –२९ (१०) कोलोराडो (इलेक्टोरल मत) –९ (११) न्यु ह्याम्पशायर (इलेक्टोरल मत) –४ (१२) कनेक्टिकट (इलेक्टोरल मत)–७ (१३) न्यु मेक्सिको (इलेक्टोरल मत) –५ (१४) ओरेगन (इलेक्टोरल मत) –७ (१५) क्यालिफोर्निया (इलेक्टोरल मत) –५५ (१६) वासिङटन (इलेक्टोरल मत) –१२ (१७) माइन जिल्ला एक (इलेक्टोरल मत) –१ (१८) रोड आइल्याण्ड (इलेक्टोरल मत) –४ (१९) हावाइ (इलेक्टोरल मत)–४ (२०) नेब्रास्क जिल्ला (इलेक्टोरल मत) –१ (२१) मिनिसोटा (इलेक्टोरल मत) –१० (२२) माइन (इलेक्टोरल मत) – २ (२३) विस्कान्सिन (इलेक्टोरल मत) –१० (२४) मिसिगन (इलेक्टोरल मत) –१६ (२५) पेन्सिलभेनिया (इलेक्टोरल मत) –२० (२६) नेवाडा (इलेक्टोरल मत) –६ (२७) एरिजोना (इलेक्टोरल मत) –११ र (२८) जर्जिया (इलेक्टोरल मत) –१६, जम्मा इलेक्टोरल मत –३०३ ।
सन् २०२० मा डोनाल्ड ट्रम्पले इलेक्टोरल मत प्राप्त गरेका राज्यहरू –
(१) पश्चिम भर्जिनिया (इलेक्टोरल मत) –५ (२) केन्टकी (इलेक्टोरल मत)–८ (३) इन्डियाना (इलेक्टोरल मत)–११ (४) अलाबामा (इलेक्टोरल मत)–९ (५) ओक्लाहोमा (इलेक्टोरल मत) –७ (६) फ्लोरिडा(इलेक्टोरल मत) –२९ (७) टेनेसी (इलेक्टोरल मत)–११ (८) मिसौरी (इलेक्टोरल मत) –१० (९) आर्कान्सा(इलेक्टोरल मत) –६ (१०) मिसिसिपी (इलेक्टोरल मत) –६ (११) नेब्रास्क जिल्ला तीन(इलेक्टोरल मत) –१ (१२) नेब्रास्क जिल्ला एक (इलेक्टोरल मत)–१ (१३) नेब्रास्क (इलेक्टोरल मत) –१ (१४) दक्षिण डकोटा (इलेक्टोटोरल मत) –३ (१५) वयोमिङ (इलेक्टोरल मत) –३ (१६) लुइसियाना(इलेक्टोरल मत) –८ (१७) दक्षिण क्यारोलिना (इलेक्टोरल मत) –९ (१८) कन्सास (इलेक्टोरल मत) –६ (१९) उत्तर डकोटा (इलेक्टोरल मत) –३ (२०) युटा (इलेक्टोरल मत) –६ (२१) (२१) ओहियो (इलेक्टोरल मत) –१८ (२२) इडाहो (इलेक्टोरल मत) –४ (२३) टेक्सस (इलेक्टोरल मत) –३८ (२४) आयोवा(इलेक्टोरल मत) –६ (२५) मोन्टाना (इलेक्टोरल मत) –३ (२६) माइन जिल्ला दुई (इलेक्टोरल मत) –१ (२७) उत्तर क्यारोलिना (इलेक्टोरल मत) –१५ र (२८) अलस्का (इलेक्टोरल मत) –३ जम्मा इलेक्टोरल मत २३२ ।
तर डोनाल्ड ट्रम्पले आफ्नो हार स्वीकार नगरि उनले बारम्बार कुनै प्रमाण नदेखाइकनै चुनावमा धाँधली भएको आरोप लगाइरहे । अन्तिम चरणसम्म चुनाव परिणामलाई उल्टाउने कोशिष गर्दै ट्रम र उनका सहयोगीहरूले चुनावको वैधानिकतालाई चुनौती दिदै राज्य र संघीय अदालतहरूमा ६२ वटा मुद्दा दायर गरेका थिए । यी मुद्दाहरू एरिजोना, जर्जिया, मिसिगन, नेभडा, पेन्सिलभेनिया र विस्काँन्सिनका छ वटा मुख्य राज्यहरूमा दर्ता गरिएको थियो । आजसम्म अमेरिकी सुप्रीम कोर्टमा मुद्दा दायर गरी कुनै पनि राज्यको मतदानको परिणामलाई खारेज गर्ने निर्णय भएको छैन । सुप्रीम कोर्टले ट्रम्प र उनका सहयोगीहरूले दायर गरेका सबै मुद्दालाई खारेज गरिदिए ।
(अमेरिकी संसद(क्यापिटल) भवन)
८ दिसम्बर २०२० कोदिन सबै राज्यहरूले विवाद समाधान गरेर चुनाव परिणाम प्रमाणिकरण गरेपछि १४ दिसम्बर २०२० कोदिन इलेक्टरलहरूले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गरे । अमेरिकी संसदको संयुक्त सभाले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्न ६ जनवरी २०२१ को दिन बुधबार दिउसो १ बजे अमेरिकी संसदको संयुक्त सभा सुरू भइरहेको समय ट्रम्प पक्षधरका प्रदर्शनकारीहरुको अवरोधको कारणले गर्दा राती ८ बजे सम्म यो प्रकृया रोकिएको थियो । यस घटनामा ५१ वर्षीय प्रहरी अधिकारी हवार्ड लिवेनगुड सहित पाँच जनाले ज्यान गुमाए । इनसाइडरको डाटाबेसको अनुसार क्यापिटल(संसद) आक्रमणको सम्बन्धमा ७७० भन्दा बढी मानिसहरूलाई अभियोग लगाइएको छ ।
अवरोधपछि पुनः सुरू भएको संसदका संयुक्त सभा बिहीबार विहान ३ बजेर ४० मिनेट जाँदा इलेक्टोरल मतगणना सकिएको थियो । संसदले अमेरिकी राष्ट्रपतिमा जोसेफ जो बाइडन र उपराष्ट्रतिमा कमला ह्यारिस विजय भएको औपचारिक घोषणा गरे । संसदमा एरिजोनामा रिपब्लिकनको विरोधलाई सिनेटले ९३–६ र प्रतिनिधिसभामा ३०३–१०२ ले अस्वीकार गरेको थियो । त्यस्तै पेन्सिलभेनियामा रिपब्लिकनको विरोधलाई सिनेटले ९२–७ ले र प्रतिनिधिसभामा २८२–१२८ ले अस्वीकार गरेको थियो ।
राष्ट्रपति चुनावमा तेस्रो स्थान Jo Jorgensen (लिबेरटेरियन पार्टी) ले इलेक्टोरल मत सुन्य औ लोकप्रिय मत १,८६५,८७३ (१.२%) र चौथो स्थान Howie Hawkins (ग्रीन पार्टी)–ले इलेक्टोरल मत सुन्य औ लोकप्रिय मत ३९९,११६ (०.३%) प्राप्त गरेका थिए ।
यस बाहेक अन्य उम्मेद्वारहरूको इलेक्टोरल मत सुन्य औ लोकप्रिय मत मोठ ४३९,८६२ (०.३ %) खसेको थियो ।
अन्य अमेरिकी चुनावहरूमा उम्मेद्वार प्रत्यक्ष रुपमा लोकप्रिय मतद्वारा चुनिन्छन् । तर अमेरिकी राष्ट्रपति र उपराट्रपति चाहिँ जनताबाट प्रत्यक्ष निर्वाचित हुँदैनन् । उनीहरू ‘निर्वाचकहरू’–द्वारा इलेक्टोरल कलेज भनिने प्रक्रिया मार्फत छनोट हुन्छन् । यस प्रकारको चुनाव प्रणालीलाई इलेक्टोरल कलेज भनिन्छ । राष्ट्रपतिको चुनावमा अमेरिकीहरूले खासमा यिनै इलेक्टोरल कलेजका अधिकारीका समुहलाई मत हाल्ने गर्दछन । कलेज भन्नाले एक किसिमको काममा संलग्न व्यक्तिहरूका समुहलाई जनाउँछ । यिनै समुहमा रहेका मानिसहरूलाई इलेक्टर्स भनिन्छ र यिनीहरूको काम भनेको राष्ट्रपति र उपराष्ट्रपति छनौट गर्नु हो । इलेक्टोरल कलेजले प्रत्येक चार वर्षमा हुने चुनावमा राष्ट्रपति र उपराष्ट्रपति छान्ने काम गर्दछ ।
यदि कुनै पनि उम्मेद्वारले इलेक्टोरल मत २७० ल्याउन नसकेको खण्डमा शीर्ष तीन उम्मेद्वारहरू मध्येबाट संसदको तल्लो सदन प्रतिनिधिसभाले राष्ट्रपति छान्ने र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । सन् १८२४ को राष्ट्रपति चुनावमा एन्ड्यु ज्याक्सन,जोन क्विन्सी एडम्स, हेनरी क्ले र विलियम क्रफोर्डमा इलेक्टोरल मत बाँडिन्दा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । त्यसपछि संसदको तल्लो सदन प्रतिनिधिसभाले राष्ट्रपति जोन क्विन्सी एडम्स अनि सिनेटले उपराष्ट्रपति जोन सि क्यालोनलाई चुनेका थिए ।
यसरी इलेक्टोरल मत द्वारा राष्ट्रपति र उपराष्ट्रपति चुनिने संविधान बनाउन अमेरिकीहरूलाई २ वर्ष ११ महिना १८ दिन समय लागेको थियो । यस अवधिमा १६६ पटक सभा बसेर संविधान निर्माताहरूले राष्ट्रपति निर्वाचन गर्नका लागि प्रत्येक राज्यले इलेक्टोरलहरु छान्न पाउने गरी इलेक्टोरल कलेज बनाएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।